सफलताको कथा : पोर्टरबाट पर्यटन उद्यमी बनेका बलराम

0

बलराम न्यौपाने नेपालको पर्यटन क्षेत्रमा परिचित नाम हो । दुर्गम जिल्ला रसुवामा जन्मिएका न्यौपाने विगत ५ दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय मात्र छैनन् । सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् । अहिले उनीे रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष समेत हुन् । न्यौपानेकै शव्दमा यो क्षेत्रले उनलाई यसरी मोहनी लगाइदियो कि उनी यो क्षेत्र छाडेर अन्त जानै सकेनन् । आजभन्दा ५८ बर्ष अगाडि रसुवाकै भोर्ले गाविसमा गुणानिधि र आमा कुष्णकुमारी न्यौपानेको कोखबाट जन्मिएका हुन उनी । मध्यम बर्गीय परिवारमा । साढे तीन दशक भयो पर्यटन क्षेत्रमा होमिएको । न्यौपाने आज सफल पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् । राजधानीको ठमेलमा रसुवा ट्रेक एण्ड एक्सपीडिसन प्रालिका प्रमुखका जिम्मेवारी सम्हाल्दै आएका उनी कुर्नै समय ज्याला मजदुरीदेखि पर्यटकको झोला बोकेर पनि हिडेका हुन । त्यही संघर्षले उनलाई पुराएको हो सफलताको यो सिढिसम्म । उनै न्यौपानेलाई रसुवा जिल्ला र पर्यटनको सम्भवनाको बिषयमा केन्द्रित रहि हाम्रा सहकर्मी महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन् :

रसुवा जिल्लामा पर्यटकीय सम्भावनाहरू कत्तिको देख्नुहुन्छ ?
रसुवामा प्रशष्त पर्यटकीय सम्भावना छ । यद्यपि त्यहाँ बाटोको समस्या छ । राजधानीबाट थोरै नजिक भए पनि रसुवा बत्तिमुनिको अध्यारोको नियतीमा छ । राम्चे र मूलखर्कको पहिरोले बर्षायाममा निकै समस्या उत्पन्न हुने गरेको छ । यसको स्थायी समाधान खोज्नु जरुरी छ । रसुवा तेश्रो पर्यटकीय गन्तव्य पनि हो । भनिन्छ नेपालको सगरमाथा र अन्नपूर्ण पछिको अर्काे महत्वपूर्ण गन्तव्य हो रसुवा । लाङटाङ, गोसाइँकुण्ड,क्यान्जिन भ्याली लगायत थुप्रै पर्यटकीय स्थलहरु छन् रसुवामा । यद्यपि हामीले सोचे जस्तो पर्यटक जान सकेका छैनन् ।
पछिल्लो समयमा लाङटाङ जाने पर्यटकको संख्या बढेको छ त्यो खुसीको बिषय हो । छोटो दुरीमै हिमाल पुग्न सकिने भएको कारण पर्यटकहरू लाङटाङप्रति आकर्षित हुँदै आएका छन् । दुई दिनमा लाङटाङ पुग्न सकिन्छ । नेपालमा पदयात्रा गरेर यति छोटा समयमा हिमाल पुगिने अरु ठाउँ छैन । नजिक भएर पनि महंगो भएको पर्यटकहरू गुनासो गर्छन् । यस बाहेक अरु थुप्रै ठाउँ बाटोघाटोको विकास गरेर प्रचार प्रसार गर्न सके अवश्य यहाँको पर्यटन विकास हुन्छ ।

रसुवामा पर्यटन व्यवसायको सम्भावना र चुनौतीहरू के के देख्नुहुन्छ ?

रसुवामा प्राकृतिक स्रोत र साधन प्रशस्तै छ, पर्यटकीय उद्गम स्थलहरू मनग्य छन् । लाङटाङ, गोसाइँकुण्ड जस्ता स्थलहरू तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परीचित छ । तामाङ हेरिटेज ट्रेल विकासोन्मूख अबस्थामा रहेको छ । यस्तै यस्तै धेरै पर्यटकीय सम्भावनाका स्थलहरू रसुवामा छन् । पैरेबेशी, मैलुङ, हाकु हुँदै तामाङ हेरिटेज ट्रेल निस्कने बाटो र स्याउबारी हुँदै यार्सा, सरमथलीबाट नुवाकोटको चोकदे वा रसुवाकै बेत्रावती निस्कने अर्को बाटो पनि प्रचुर सम्भावना भएको रूट हो । यी पनि विकासको सम्भावना बोकेको मार्ग हो । कतिपय ट्रेकिङ एजेन्सीहरू स्याउबारी, नौकुण्ड हुँदै गोसाइँकुण्डको यात्रामा गइसकेका छन् । यसरी हेर्दा रसुवा एउटा पर्यटकीय सम्भावना रहेको जिल्ला हो । रसुवामा सम्भावना प्रशस्तै रहेपनि चुनौती र कठिनाईहरू पनि त्यत्तिकै छन् । पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन । पर्यटन व्यवसायलाई विविधिकरण गर्न अति नै आवश्यक छ । थोरै समूदाय पर्यटकीय व्यवसायमा लाग्नु, शिक्षित र योग्य जनशक्ति कम हुनु एउटा चुनौती हो । ्अरू जिल्लाका गाइड र व्यवस्थापक हुनु, रसुवाका भरिया हुनु दुःखको कुरा हो । यसमा हामी सबैको जिम्मेवारी कम रहेको छ । यसमा एउटाको मात्र दोष छैन । भरियाबाट गाइड र गाइडबाट व्यवस्थापक वा स्तरोनन्नती हुन नसक्नु रसुवाको पर्यटन व्यवसायका चुनौतीहरू हुन् । अहिले हामी जंगलबाट नाङ्गा पाखा हेर्दै हिडेका छौं तर नाङ्गा पाखाबाट लाङटाङ राष्ट्रिय निकुञ्जका जंगलहरू हेर्दै हिड्नको लागि नयाँ पर्यटकीय गन्तव्य बनाउनु पर्छ । यसो गर्दा एक दिन बढी भए पनि पर्यटक रसुवामा रहन सक्छन् । यसले सबैलाई फाईदा पुग्छ ।

संख्यात्मक रुपमा नेपाल आउने पर्यटकको संख्या बढे पनि गुणात्मक रुपमा बढ्न सकेन भन्ने टिप्पणी सुनिन्छ । बास्तविकता के हो ?
अहिले नेपालमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दो छ । नेपालमा आउँने पर्यटक धेरै धनी हुँदैनन् । उनीहरू धेरै रकम खर्च गर्न मात्र आएका हुँदैनन् । उनीहरू विभिन्न तरिकाले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरेर र्फकन्छन् । त्यसैले गाउँ तहदेखि सबै ठाउँमा पर्यटन व्यवसायमा लागेका दाजुभाई दिदी वहिनीहरूमा लगनशील भएर ढुक्कले लाग्न आग्रह गर्दछु । उनीहरूलाई राम्रो सुविधा दिर्नुपर्छ । इमान्दार र लगनशील भएर पर्यटन व्यवसाय गरे जीवन चलाउन गाह्रो छैन । पर्यटन व्यवसायले अर्थतन्त्रको ठूलो भाग लिएको हुन्छ ।

पर्यटन व्यवसायको अझ विकास गर्नका लागि के आवश्यक छ ?

मुख्य कुरा सरसफाई हो । उनीहरूले सफा खोज्छन, तर हाम्रो मुलुकको राजधानी शहर सफा राख्न सकेका छैनौं । उनीहरू प्लेनबाट झर्नासाथ एयरपोर्टदेखि नै दिक्क हुने खालको वातावरण छ । त्यो सुधार हुन सकेको छैन । जथाभावी फालिएका कागजहरू, फोहोरहरुले शहरको सौन्दर्य बिगारेको छ । त्यसमाथि पनि हाम्रोमा सिस्टम् राम्रो छैन । स्वतन्त्र रूपमा पर्यटक आफै ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु नराम्रो हो । ट्याक्सी ड्राइभरदेखि नै हाम्रो होटलमा जाउँ भनेर उनीहरुलाई दिक्क पारिन्छ । राम्रो स्वागत सत्कार गर्ने सकेमा अझै राम्रो हुन्छ । जसले गर्दा यहाँको प्रचार पर्यटक आफैले गर्छन् ।

बर्षोनी हजारौं विदेशी पर्यटकहरू नेपालको के कुरा प्रति आकषिर्त भएर आउँछन् ?

नेपालमा हाम्रो आफ्नै संष्कृति छ । हामी संष्कृतिमा धनी छौं । विभिन्न जातजाती, भाषा, भेषभूषा, फरक फरक हावापानी यहाँको भौगोलिक विषमता, वन, वन्यजन्त, डाडाँकाँडा हरियाली वनपाखा विभिन्न आकर्ष हिमाली दृष्यहरू उनीहरू निकै मन पराउछन् । एक डाडाँबाट अर्को डाडाँ आउछ , त्यस्तै उनीहरू मन पराउँछन् ।

सन् ् २०२० मा २० लाख पर्यटक भित्राउन सकिएला ?

पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संस्थाहरू विभिन्न नीजि क्षेत्र जस्तै टान, नाटा, नारा जस्ता संस्थाहरूले पनि सक्दो तयारी गरिरहेका छन् । तर सोचनिय बिषय सिजनमा होटलहरू यहाँ ठमेल क्षेत्रमा पनि पाईदैन । केहि समय अघि अन्नपूर्ण क्षेत्रमा भिडभाड भयो, लाङटाङमा पनि निकै भिड भएको थियो । त्यसैले बास तथा खाना कसरी व्यवस्थापन गर्ने ? सरकारले पर्याप्त पूर्वाधारहरूको विकास गर्न सकेको छैन । पर्यटन बर्षघोषणा गर्नुभन्दा अगाडि होटल र रेष्टुरेण्ट पूर्वाधारको विकास गर्नुपर्छ । प्रशस्त तयारी र योजना गर्नु पर्छ । राम्रो व्यवस्थापन गर्न सकेनौं भने नराम्रो सन्देश जान्छ । तर पनि पर्यटन बर्ष सन् २०२० सफल हुनेमा म विश्वस्त छु ।

सरकारले कस्तो नीति ल्याएको खण्डमा पर्यटन व्यवसायले फड्को मार्न सक्छ ?

सरकारले पहिलो कुरा सरसफाईमा ध्यान दिनु पर्यो । देशको पहिलो परिचय हाम्रो राजधानी शहर राम्रो र सफा छैन । यसले गर्दा पर्यटकहरू आउँदैनन् । हप्तौंसम्म राजधानीमा फोहोर उठ्दैन । फोहोरले विभिन्न रोग निम्त्याउँछ सधै नाक नथुनी हिंड्न नसक्ने अवस्था छ । मास्क लगाएर हिड्नु पर्ने अबस्था सुध्रन सकेको छैन् । हामीलाई नै हाम्रै शहरमा सहजता छैन भने विदेशी पर्यटकले के सोच्दा हुन् ? बाहिर गएर कस्तो प्रचार गर्दा हुन् ? यस्तै सरसफाईको अलावा सुरक्षा बाटोघाटोको विकास र राम्रो खानपान व्यवस्था राम्रो हुन सकेमा ढुक्क भएर नेपाल आउने विदेशी पर्यटक अहिले भन्दा दोब्बर हुन्छ ।
यस्तै नीतिगत विषयमा मात्र संसोधन गर्ने हो भने पनि पर्यटन क्षेत्रले राहत महशुष गर्न सक्छ । अझै पनि नेपालमा मेचीदेखि महाकालीसम्म तिब्बतसंग सिमाना जोडिएका निषेधित क्षेत्रहरु छन। ती क्षेत्रहरु खोल्नैपर्छ । टानको पहलले केही ठाउँहरु खोलिए पनि अधिकांश स्थानहरु निषेधित छन । सवै एकैपटक नखोले पनि विस्तारै खोल्दै जाने नीति अबलम्वन गर्नुपर्छ । यस्तै प्रमिटबाट मात्र शुल्क लिने नीतिभन्दा पर्यटकको बसाई बढाएर आम्दानी गर्ने नीति अबलम्बन गर्नुपर्दछ । यस्तै नेपाल बायुसेवा निगमको फ्लाईट पञ्चायत कालमा बरु धेरै स्थानमा हुन्थे आजती स्थानमा पनि हुँदैनन । नेपाल वायुसेवा निगमसंग एक दर्जन जहाजहरु हुनैपर्छ,कमसेकम पनि हिजो भएका ठाउँहरु नियमित उडान भएको खण्डमा धेरै फड्को मात्र सक्छ ।

Leave a Reply