नेपाल सरकारले थप पाँच स्थानमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणका लागि ५ ओटा जिल्ला छनोट गरेको छ । जसमध्य सवै जिल्लाहरु तराइनै रहेको छ । तिनमा महोत्तरी, बर्दिया, सप्तरी, सर्लाही र रौतहट जिल्ला रहेका छन् ।
प्राधिकरणका अनुसार सेज अध्ययनका लागि सर्लाही सेज निर्माणका लागि जेभी अफ ग्रिड कन्सल्ट प्राली, दिक्षा कन्सल्टिङ र ट्रेडिङ एन्ड इस्एन कन्सल्टेन्सीले जिम्मा पाएका छन् ।
त्यस्तै, सप्तरी जिल्लामा ‘जेभी अफ राजदेवी इन्जिनियरिङ कन्सल्ट्यान्ट प्राली’ र ‘इर्भनल प्राली’लाई जिम्मा दिइसकेको छ ।
त्यसैगरी, महोतरीमा सेज निर्माणको अध्ययन गर्न भनी पीस कन्सल्ट्यान्ट, इर्भनल, नेशनल कन्सल्टले जिम्मा पाएका छन् । रौतहट र बर्दियामा बन्ने सेजको अध्ययनको जिम्मा ग्रीड, दिक्षा र ट्रेडिङ कन्सल्टेन्सीले पाएका छन् ।