अव्वल व्यावसायिक र कुशल प्रध्यानाध्यापक हुन नारायण सिग्देल

0
पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने । खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन । अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे । कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले । कुनैबेला तुना चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने । तिन पटक एस् एल् सी फेल हिरवंश आचार्य नामी कलाकार बने । थर्ड डिभिजनमा एस् एल् सी पास गरेका महात्मा गान्धी विश्व नेता बने । हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने । त्यस्तै ३० वर्षदेखि कर्णालीको बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा ‘हेडसर’ नारायण सिग्देल व्यावसायिक शिक्षक बने ।
नम्र स्वभावका उनी जनज्योती माध्यामिक विधालय कुनाथरीका प्रध्यानाध्यापक हुन् । तनहुँमा जन्मेर सुर्खेतलाई कर्मथलो बनाई शिक्षा पेशामा सुधार गर्ने  उदारणीय प्रध्यानाध्यापक  पनि हुन उनी । अवल व्यावसायिक र कुशल प्रध्यानाध्यापक को पहिचान बनाएका सिक्देल वि.सं २०२४ पुस २१ गते बुबा गुरुप्रसाद सिग्देल र माता अम्विका सिक्देलको जेठो छोराको रुपमा जन्मिएका हुन् । उनले दुर्गम जिल्ला कर्णालीलाई सबैलाई चिनाउन अगाडी बढेका छन् र यही कारणले विद्यालयलाई कर्णालीभरि नै चिनाइसकेका छन् ।
उनी तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ?
उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक हो । विद्यार्थीलाई व्यवसायी बनाउने शिक्षकको रुपमा आफूलाई उनले स्थापित गर्न खोजिरहेको बताउँछन् ।
यति मात्रै होइन, विद्यालय नेपालमै प्रख्यात सामुदायिक विद्यालयको रुपमा चिनिसकेको छ । उनी अध्यापनरत विद्यालयमा २६ जिल्लाका विद्यार्थी अध्ययन गर्ने र फर्किंदा पैसा कमाएर लैजाने गर्छन् ।
प्रधानाध्यापक सिग्देलका अनुसार विद्यालयले अनार खेतीको शुरूवात गर्ने भएको छ । विद्यालयको २५ रोपनी जमिनमा १ हजार अनार रोप्ने तयारी गरेको उनले बताए । ‘अनारको बेर्ना हामीले भारतको नासिकबाट ल्याएका हौं,’ उनले भने, ‘१ रोपनी जग्गामा ४० विरुवा रोप्न सकिने र ३ वर्षपछि कम्तिमा पनि प्रतिविरुवाले २ क्विन्टल अनार उत्पादन दिनेछ ।’
विद्यालयको नर्सरीमा १० हजार अनारका बेर्ना हुर्किरहेका छन् । १ बेर्नाको मूल्य २ सय ५० रुपैयाँ हो । बराहताल–८ ग्वालेकाँडामा विद्यालयको २ सय रोपनी जमिन छ, अहिले त्यहाँ बाख्रापालन भइरहेको छ ।
अम्लिसोको कुचो खरिद गर्न विद्यालयले अन्यत्र जानै पर्दैन । त्यहाँ उत्पादन भएको अम्लिसो नै विद्यालयका लागि आयआर्जनको माध्यम तथा विद्यालयको पैसा जोगाउने साधन बनेको छ ।
प्रधानाध्यापक सिग्देलले विद्यालय व्यवस्थापन समितिका सदस्यलाई मासिक १२ हजार रुपैयाँसम्मको रोजगारी दिने योजना बनाएको बताए । ‘पशुपालन भइरहेको छ । तरकारी खेती भइरहेको छ । अनार खेतीको शुरूवात गर्दैछौं । मौरीपालनबाट लाखौं आम्दानी भइरहेको छ,’ उनी भन्छन्, ‘गाईपालन र माछापालन पनि भएको छ । २ वटा ट्याक्टर पनि छन् ।’ यी सबै कुरा व्यवस्थापन गर्दा उत्पादन बढ्ने र त्यहीबाट सदस्यलाई रोजगारी दिने योजना बनाइरहेको उनले बताए ।

Leave a Reply