रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

0

शुक्रबार बिहानदेखि पानी परेको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे प्रहरी चौकीदेखि स्याफ्रुसम्म आउने सडकमा आएको भेलले सडक माथिबाट बगाई ल्याएको हिलोमाटो जम्मा भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply