पवित्र धार्मिकस्थल गोसाइँकुण्ड मेला २९ गतेसम्म किन जाने गोसाइँकुण्ड ? यस्ता छन् महत्व

0

गङ्गा दशहरा पर्वका अवसरमा लाग्ने रसुवाको गोसाइँकुण्ड मेला शुरू भएको छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक तीर्थ गोसाइँकुण्डमा २९ गतेसम्म लाग्ने गङ्गा दशहरा पर्वको विशेष मेला भर्न भक्तजन फाटफुट रूपमा निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

दशहरा पर्वमा पाँच हजार भक्तजनको आगमन हुने लक्ष्य राखिएको बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थ जाने यात्रुका लागि स्थानीय व्यवसायीमार्फत बास र भोजनको यथेष्ट व्यवस्था मिलाई सकिएकाले निर्धक्कसाथ तीर्थ जाने सम्पूर्ण भक्तजनलाई आग्रह गरिएको हो ।

भगवान् शिवले अथाह भाङधतुरो खाएर पृथ्वीमा पानीको खोजीमा दौडिरहँदा गोसाइँकुण्डमा अवस्थित हिमालय पर्वतको पहाडमा त्रिशुलले खोपेर पानी निकाली प्यास मेटाएको कथा छ । त्यही किंवदन्ती अनुरूप रसुवाको पहाडबाट बगेको पानीले नुहाएर पवित्र र स्वस्थ्य बनिन्छ भन्ने धार्मिक परम्परा अनुरूप हजारौँ तीर्थयात्री गोसाइँकुण्ड मेला भर्न पुग्छन् । त्यसैले त जनैपूर्णिमाको दिन गोसाइँकुण्डको पोखरीमा नुहाउनेहरूको भीड लाग्छ । भगवान् शङ्करको बासस्थानको रूपमा रहेको  हिमालयको काखस्थित गोसाइँकुण्डमा स्नान गर्नाले हालसम्म गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहेकोले बर्सेनि भक्तजनहरूको आगमन यहाँ बढ्ने गरेको छ ।

रसुवा जिल्लाको मात्र नभई विश्वको चारधाममध्येको एक महत्त्वपूर्ण धार्मिक तीर्थस्थलको रूपमा मानिने गोसाइँकुण्डको महत्त्व र महिमा देश विदेशमासम्म छ । विशेष गरेर धार्मिक चाड जनैपूर्णिमा भन्ने बित्तिकै गोसाइँकुण्डको छुट्टै महत्त्व छ । हरेक वर्ष गोसाइँकुण्ड मेला लाग्छ । हिन्दुहरूको धार्मिक तथा पवित्र तीर्थस्थल रूपमा लिइन्छ गोसाइँकुण्डलाई ।

बौद्धरबोन धर्मावलम्बीहरू पानीमा फोहोर फाल्दैनन्। पानीमा भगवान् हुन्छ भन्ने मान्यता राख्छन्। कुण्डमा नुहाउँछन् र र्फकन्छन्। तर, हिन्दुहरू कुण्डमा नुहाएपछि पेटीकोट, कट्टु, गन्जी र पूजासामग्री लगेका प्लास्टिक थैलाहरू कुण्डमै र त्यसका वरिपरि फाल्छन्। यसले गर्दा कुण्डमा प्रदूषण बढेको छ। पवित्र स्थलमा फोहोर गर्नु हुँदैन। फोहोरमैला व्यवस्थापन गर्नु जरुरी छ। दुई(तीन वर्षदेखिको फोहोर उठाउन सकेको छैन। त्रिशूलधाराको मुहानमा सिमेन्टले टालिएको रहेछ। त्यो फुटालेर पुरानो अवस्थामा ल्याउनुपर्छ। कुण्ड वरिपरिका होटलहरूलाई बुद्ध डाँडामा सार्नुपर्छ। कुण्डमा नुहाएर फर्किने बास बुद्ध डाँडामा बस्ने व्यवस्था गर्नुपर्छ। कुण्ड वरिपरि हिन्दु र बौद्धरबोन्पो मन्दिर मात्र राख्नुपर्छ।
चन्दनबारीमा चौंरीगाईको दूधबाट बनेको याकचीज, मखन, छुर्पी पाइन्छ। यो शक्तिबर्धक खाद्य हो। चौंरीले लेकाली जडीबुटी, यार्चागुम्बु, पाँचऔंले, पदमचाल आदि घाँस खाएको हुनाले तागतिलो हुन्छ। धुन्चेमा रसुवाको आलु, निहुरो, लालीगुराँसको जुस, वाइन, तामाङ ९नुप्पा० टोपी, पटुका, झोला, कोदाको रक्सी किन्न पाइन्छ।

Leave a Reply