व्यापारी, प्रशासक र नेता मिलेर ब्रह्मलुट मच्चाए : कमल थापा

0

मिडिया नेपाल कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा हाल त्रिकोणात्मक ढंगबाट अर्बौंको भ्रष्टचार भएको आरोप लगाएका छन् ।

उनले देशमा व्यापारी, प्रशासक र राजनीतिक नेताहरूको त्रिकोणात्मक गठबन्धन सृजना गरेर देशमा अर्बौंको भ्रष्टचार भएको आरोप लगाएका हुन् । उनले भने, “देशमा अहिले त्रिकोणात्मक ढंगबाट ब्रह्मलुट भएको छ, ठूला ठूला भ्रष्टाचारका काण्डहरूमा सरकारमात्र होइन, प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस पनि संलग्न रहेको आंशका गरिएको छ ।”

वाइडवडी जहाज भ्रष्टाचार काण्ड, एनसेलको अर्बौंको कर छलिको काण्ड, सुन तस्करी साथै पछिल्लो समयमा चर्चामा रहेको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने विषयमा दुबै पार्टीका नेताहरूको संलग्नता रहेको उनले आरोप लगाए । यस्ता भ्रष्टाचारका विषयमा सरकारले छानबिन अघि नबढाउने र प्रमुख प्रतिपक्ष दलले समेत कुरा नउठाउने उनले दाबी गरे । प्रतिपक्षका एक–दुई जना नेताले कुरा उठाए पनि पार्टी र पार्टी नेतृत्वमा रहेकाले यस विषयमा मौन बस्नुले भ्रष्टाचार भएको आफूहरूको बुझाइ रहेको अध्यक्ष थापाले जनाए ।

Leave a Reply