उता नेकपा पत्तासाफ, यता कांग्रेस पत्तासाफ

0

हिजो एकै दिन दुईवटा निर्वाचन सम्पन्न भए ठमेलमा ठमेल पर्यटन विकास समितिको निर्वाचन थियो भने चलचित्र कलाकार संघको निर्वाचन पनि हिजै सम्पन्न भयो । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा नेकपा झण्डै पत्तासाफ भएको छ उस्को त्यहाँ सचिव,कोषाध्यक्ष र एक सदस्य मात्र विजयी भए । बाँकी कांग्रेस निकटका उम्मेद्धारहरुले विजय हासिल गरे । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा कांग्रेस निकट प्रकाशनरसिंह राणा निर्वाचित भएका हुन् ।

राणाले ३३३ मत प्राप्त गर्दा अध्यक्षमा निर्वाचित भए । यस्तै, उपाध्यक्षमा राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन । उनीहरु राणा समूहबाट मैदानमा होमिएका थिए । यस्तै महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन् । उनी दिनेश अधिकारी चरीका भाइ हुन । सचिव र कोषाध्यक्षमा भने प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु विजयी भएका छन् ।

यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

यता चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्काले सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै अध्यक्षमा विजयी भए । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए ।

सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन् । सह कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् । उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए ।

त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका थिए ।

Leave a Reply