ढुक्क भएर लगानी गर्न फ्रान्सका उद्योगीलाई प्रधानमन्त्री ओलीको आग्रह

0

नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन्। तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका हुन्।

१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । प्रत्येक वर्ष करिब एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गर्ने बताइएको छ।

आज उनी फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दछन्। पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए। राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुगेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply