पेम्बाको पराक्रम

0

रसुवाको राजनीतिले ठगेका दुई पात्र छन् भिमलाल हिराचन र पेम्बा लामा । समाजसेवी हिराचन अहिले हामीमाझ छैनन् । छ त रसुवाबासीमाझ उनले छाडेर गएका सतकर्मको स्मरण र स्तुती बाँकी छ रसुवावासीको  मन मनमा । ।
यस्तै व्यक्ति छन् पेम्बा लामा । जो राजनीतिमा नहोमिएको भए उनलाई लाग्दैनथ्यो होला नखाएको बिष । त्यही बिष लाग्दा उनको जीवनका उर्जाशील १० बर्ष समय बर्बाद नभएको नभए आज उनको व्यापारको साम्राज्य कतै अन्यन्त्र हुन्थ्यो होला ।
यद्यपि बितिसकेको र फर्किएर नआउने विगत सम्झेर के काम ? सकरात्मक चिन्तनका धनी यी उद्यमी सुनिएको चर्चालाई पछ्याउदै हामीले उनलाई सम्पर्क गर्यौं । र खोतल्ने प्रयास गर्यौं उनका विगत ।

फ्ल्यासव्याक

रसुवाको गत्लाङमा जन्मिएका हुन पेम्बा । ०३३ साल मंसिर २८ गते । बुबा मामा तमाङ र आमा आङा जेप्पाको कोखबाट । बाजे बराजुको पेशा थियो भेडा, बाख्रा पालन । उनका पिताले बाजे बराजुको बीडो थामिरहेकै थिए । त्यही कारण उनको पढाई स्थिर भएन । भेडा र बाख्राका हुल जता जान्थ्यो पढाई त्यतै हुन्थ्यो । अर्थात मौसम अनुसार भेडा बाख्रा जोगाउनका लागि स्थान परिर्वतन भइरहन्थ्यो । उनी कहिले हिमालको काखमा पुग्दथें त कहिले बेसीतिर झर्दथें । त्यसैले न त भर थियो बुवा आमाको बसाईको न त भर नै रह्यो पेम्बाको स्कूलको । यसरी भेडिगोठसँगै परिवर्तन भइरहे स्कूल । डाँडागाउँ, ठुलोगाँउ, कालिका मावि हुँदै पार्वतीकुण्डका स्कूल चाहरे र पूरा गरे माध्यमिक तहको शिक्षा । कठिन परिस्थितीमा पनि रोकिएन उनको अध्ययनको गति । पेम्बाले राजनीति शास्त्रमा स्नातक तह पूरा गरेका छन् ।

जागिरमा रमेन दिल

पार्वती माविबाट ५० सालमा एसएलसी उत्र्तीण गरे । अहिलेजस्तो कहाँ थियो र ? त्यो समय ? शिक्षित जनशक्ति भेटिनै मुस्किलथ्यो । त्यो माथि गाउँमै रेकर्ड तोड्ने उनी नै पहिलो थिए । अर्थात गाउँबाट पहिलो एसएलसी गर्ने व्यक्ति भए उनी ।र, संयोग चाहिँ एसएलसीको रिजल्ट आउट भएको अर्काे हप्ता उनी आफैंले पढेका विद्यालयको शिक्षकको रुपमा नियुक्ति खाइसकेका थिए । उनी जागिरे बनिसकेका थिए । पार्वतीमावि यो एस.एल.सी पास गर्ने मेरो गाँउबाट नै थिएँ । महिनाको १५ सय ५० रुपैंया तलब पाउथें ।२ बर्षसम्म पार्वतीकुण्ड माविमा अध्यापन गराए । रसुवाको एक पछाडि अर्काे स्कूलहरु चाहरिरहे । यसरी १० बर्ष समय उनले अध्यापनमै बिताए । तर जतिखेर उनी स्थायी हुँदै थिए । त्यही समयमा जागिर छाडेर हिडे । अरु सरकारी जागिर खान मरिहत्ते गर्दछन् । शुरुमा सरकारी सेवामा प्रवेश गर्न कठिन । त्यसमाथि स्थायी हुन झन कठिन थियो । तर पेम्बा यस्ता विरलै पात्र हुन जो स्थायी भएपछि सरकारी जागिरबाट हात धोएर निस्किए ।

गाउँ घरमा चलनचल्तीको भनाई थियोे उत्तम कृषि,मध्यम व्यापार र निर्घिणी नोकरी । जीवनका उर्जाशील १० बर्ष समय सरकारी नोकरी गरेर बाहिरिए उनी विकल्प खोज्न थाले । नयाँ केही काम गर्न चाहन्थें उनी । तर गर्ने के ? उनको दिमागमा पनि केही फुरिसकेको थिएन् ।

पेम्बा लामा 
सदस्य, रसुवा उद्योग वाणिज्य संघ

बौलायो पेम्बा  भन्दै उडाए

एकातिर शिक्षण पेशाले मात्र जीवन निर्वाह गर्ने धौ धौं परिरहेको थियो । त्यही कारण उनी केही नयाँ काम गर्ने सोच र जोश बोकेर पुगे जिल्ला कृषि कार्यलय पुगेँ । त्यहाँका विज्ञहरुबाट राय, सल्लाह र सुझाव पाए आलु व्यवसाय गर्न । रसुवा हिमाली जिल्ला त्यहाँ विशेष गरेर जौ, गहुँ, फापर, मुला, सिमी, आलु लगायतका खेती त लगाइन्थ्यो तर व्यवसायिक प्रायोजनका लागि होइन । आफूलाई पुग्ने मात्र लगाइन्थ्यो । तर मानो रोपेर मुरी फलाउन सकिन्छ र यसलाई व्यवासयिक गर्न सकिन्छ भन्ने त्यो समय रसुवाबासीको दिमागमा घुसी सकेको थिएन् । जिल्लाको उनी नै पहिलो व्यवसायिक खेती गर्ने किसान बन्न पुगे । सरकारी जागिर छाडेर आलु खेती गर्न थालेपछि त के चाहियो ? धेरैले उडाए पेम्बा बौलायो ।

अनि कहलिए ‘आलु बहादुर’
भन्छन नि सफल तिनै हुन्छन् जो अरुको होइन आफ्नै हृदयको आवाज सुनेर काम गर्दछ । पेम्बालाई कस्ले के भन्दैछनसँग केही सरोकार थिएन । उनलाई मतलब थियो श्रम श्रम र श्रमको । उनी दिन रात साँझ विहान हिउँद बर्खा केही नभनी कृषि कर्ममै भिजिरहे । पहिलो लटमै आलु प्रशष्तै उब्जाए । यसरी उब्जाएकोमध्ये २ ट्रक आलु उनले तल्ला भेग कालिकास्थान , बनुवा, लहरेपौवादेखि नुवाकोट हुँदै काठमाण्डौ कालिमाटीसम्म ल्याएर बेचे । यो पछि रसुवामा पेम्बाको परिचय पनि बदलियो । कतिपय गाउँका साथीसंगीहरुले उनको नाम बिगारेर आलु बहादुर बनाइदिए । तर उनलाई दुनिँयासँग मतलब थिएन । केवल आफ्नो श्रमसँगको लगाव थियो । सय किलोको दिनभरी एक्लै उचाल्दा धेरै पटक ढाडसड्कियो । यद्यपि उनलाई आफू थकित भएजस्तो भान कहिल्यै भएन । भन्छन नि जब कामप्रति लगाव हुन्छ,कामसँग प्रेम हुन्छ तब त्यो काम काम नभएर मनोरञ्जन बन्न पुग्छ । उनको हकमा पनि त्यही भयो ।
एकातिर पेम्बो आलुको कारोवार चम्कदैथ्यो । उनी आलु व्यापारमा जमिसकेका थिए । सदैव अरुले भन्दा फरक केही गर्नुपर्दछ भन्ने सोच बोकेर हिड्ने पेम्बाले यही बीचमा गाउँमा होलसेल पसल नै खडा गरे । त्यो पसल अरुभन्दा फरकथ्यो । उनी पसलबाट खुद्रा सामानत वेच्थेँ तर त्यसको वदला पैसा होइन गाँउमा उत्पादन भएका आलु, सिमी , जडिबुट्टी जस्ता सामानमा खरिद गर्थे । त्यही सामान सर्वसाधरणबाट उठाइएको सामान उचित बजारमूल्य लिएर राजधानीसम्म पठाउँथे । यसरी उनी आलुको व्यापारमा जमिसकेका थिए ।

यसरी फसाइयो

विद्यालय पढ्दादेखि नै चतुर थिए पेम्बा । त्यतिखेर राजनीति बर्जित थियो । शिक्षकहरुकै आग्रहमा उनी अखिलको सदस्यता लिएर राजनीतिमा जान अञ्जान होमिए । र लाग्यो एक प्रकारले राजनीतिको नशा । अहिले उनी सम्झन्छन ती दिन । गाँउमा सामुदायिक भवन बन्दैथ्यो । र विवाद चल्न लाग्यो कि अध्यक्ष को बन्ने ?  जोसँग विवाद चलेको थियो तिनै व्यक्ति भोलीपल्ट कालगतिले बिते ।पेम्बालाई फसाउने दाऊ खोजेर बसेका सामन्तहरुका लागि यो भन्दा उत्तम अबसर अरु कुन हुनसक्थ्यो र ? हो यही बेलामा पेम्बा लगायतका ५ जनालाई फसाएर जेल कोचियो । नुवाकोटमा जन्मेर रसुवाका सांसद बनेका डिबी लामासँग पूरानो दुश्मनी थियो । डिबी लामाहरुको शैलीको पेम्बा खुलेर विरोध गर्दथे । त्यही कारण उनी डिबीको आँखाको तारो बनिरहेका थिए । यही मौकामा चौका हान्दै उनलाई जेलमा कोचियो ।

यस पछि शुरु भयो पेम्बाको दुखदायी दिन । माओवादीहरुसँग मिलेको आरोप लगाएर उनीसहित ५ जनालाई मुद्धा चलाइयो र जेलमा कोचियो । ्उर्जाशील जीवनको दश बर्ष समय उनले बिताए कालकोठरीमा । लाग्यो खादै नखाएको बिष । १० बर्ष पछि सर्बाेच्चबाट मुद्धा जिते र उनी फर्किए घर । तर पूरानै लयमा फर्किनका लागि धेरै समय लाग्यो ।
अहिले पनि उनको मगज हल्लन्छ यो घटनाले । कहिलेकाँही लाग्छ पनि जीवनमा नजाने बाटो हिडेछु । राजनीतिमा लागेर गल्ती गरेछु कि ?
भन्छन नि जीवन नियममा होइन । संयोगमा चल्दछ । जे घट्यो जीवनमा त्यसबाट उनी कति पनि बिचलित भएनन् । बरु अझैं बटुले साहस । हरेश खाएनन्, हिम्मत हारेनन् ।
हरेक कामलाई फरक ढंगले गर्ने उनको आदतै थियो । र त्यही आदतले उनी फेरि होमिए व्यापारमै । र यो पटकको व्यापार भने फरक थियो कपडाको कारोवार गर्न थाले उनी । दाजु र बहिनीसँग मिलेर शुरुमा स्याप्रुमा खोलेको कपडा पसल पछि केरुङमा पुर्याए ।

पेम्बाको साम्राज्य


भन्छन नि सबैको एक पटक दिन आउँछ । फरक ढंगले व्यापार गर्ने पेम्बा व्यापार व्यवसायमा भिजिसकेका थिए । पछि उनले गाडी किनेर चलाउन थाले । शुरुमा १ वटा गाडीबाट शुरु भएको उनको व्यापारको सम्राज्य आज विस्तार भएर १५ वटा गाडी पुगिसकेको छ ।  ट्रक्र व्यवसाय संघको अध्यक्ष पनि भएँ । रसुवा नाका व्यापार संघको सदस्य पनि बने । यो बीचमा अहिले केरुङ नाका खुलेपछि यताको सामान उता पठाउन र उताका समान यता भित्राउन धेरै सहज भएको छ ।आज उनको व्यापारको शैली पनि बदलिएको छ हाम्रा स्वदेशी कपडाहरु केरुङमा लगेर बैच्दै आएका छन् । पार्टी एकीकरण हुनु पूर्व एमालेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मेवारी समेत कुशलता पूर्वक पूरा गरेका लामा हाल पूर्व एमाले र माओवादीबीच एकीकरण पछि अहिले उनी रसुवा जिल्ला पार्टी सचिवालयको सदस्यको रुपमा समेत उत्तिकै क्रियाशिल छन् भने रसुवा उद्योग वाणिज्य संघको सदस्यको रुपमा पनि काम गरिरहेका छन् ।
पेम्बालाई लाग्छ कुनै समय बत्ति मुनिको अध्यारोको नियति भोगेर बाँचिरहेको रसुवाले अब साच्चै काँचुली फेर्दै छ । विकास निर्माणमा मात्र होइन मुलुककै उदाहरणीय जलीवद्युत परियोजना,भर्खरै खुलेको केरुङ नाका लगायतका अथाह सम्भवनाका कारण अब रसुवालीहरुमा पनि उद्योगधन्दा खोल्ने र आफैं फरक केही काम गर्ने चेतको विकास हुँदै गएको प्रति पेम्बाको आशावादी छन् ।

प्रस्तुति : महेश्वर गजुरेल

Leave a Reply