‘चेक बाउन्स’को मुद्धामा नेपालकै ठूलो चामल उद्योगमा सिलबन्दी

0

चेक अनादरको मुद्धामा नेपालकै ठूलो चामल उद्योगमा सिलबन्दी गरिएको छ । जिल्ला अदालत कपिलबस्तुले चेक अनादरको मुद्धामा मल्टीएग्रो इन्ड्रस्टीजमा सिलबन्दी गरेको हो । यो उद्योग कपिलबस्तुको को बाणगंगा नगरपालिका ८ बोडगाउँमा अस्थित छ । जो पश्चिम नेपालकै सबैभन्दा ठूलो चामल उद्योग हो । मल्टीएग्रो इन्ड्रस्टीजको चेक धमाधम अनादर बाउन्स भएपछि चामल ब्यापारीहरूको मुद्दाका आधारमा त्यहाँ सिलबन्दी गरिएको हो । सो उद्योगमा जिल्ला अदालत कपिलबस्तुको रोहबरमा शिलबन्दी गरिएको जनाइएको छ । सोही वडाका भिमलाल पौडेल, इन्द्रमणि पौडेल लगायतका ब्यक्तिहरु सञ्चालक रहेको उक्त इन्ड्रस्टीजमा अदालतले दिएको बिगो कोर्टसम्बन्धी मुद्दाको आदेशानुसार शिल गरिएको अदालतका तहशिलदार लेखनाथ अर्यालले जनाए ।
कपिलबस्तु नगरपालिका– १०, पचेहरास्थित न्यू पुजा खाद्य उद्योग सञ्चालक तौलन बानियाले जिल्ला अदालत कपिलबस्तुमा मल्टिएग्रो सञ्चालक भिम पौडेल र इन्द्रमणी पौडेलबिरुद्ध २५ लाख रुपैयाँका पाँच वटा चेक अनादरका मुद्दा जिल्ला अदालतमा दिएका थिए ।

जिल्ला न्यायधीश भरतमणी खनालको इजलासको फैसला अनुसार सो मुद्दामा बानियाँले कुल साँवा रकम १ करोड ७८ लाख ८ हजार २ सय ९९ रुपैयाको सो ब्याज समेत भराइ पाउने ठहर गरेको थियो । बानियाँसहित जिल्लाका अन्य १४ जना ब्यबसायीले आफूहरुले पाउनुपर्ने ५ करोड ९२ लाख ४६ हजार दुइसय रुपैयाँ रहेकोमा इन्ड्रस्टीजद्धारा सम्बन्धीत फर्मका नाममा दिएको ३ करोड ३२ लाख ३७ हजारको चेक अनादर बाउन्स भएको बताएका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंक भैरहवा शाखा कार्यालयमा खाता सञ्चालन रहेको सो उद्योगको चेक अनादर भएको हो । कपिलबस्तु मल्टीएग्रो इन्ड्रस्टीज प्रालिको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक भैरहवा शाखाको खाता नम्बर ०१००१०३०२५४८५४ का चेकहरु अनादर भएका हुन् । चेक अनादर भएकाका बिषयमा बैंकका शाखा प्रवन्धक राजाराम उपाध्यायले कुनै प्रतिक्रिया दिन मानेनन् ।

Leave a Reply