तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब, के गर्ला नेपाल सरकार ?

0

असार २ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार नाकाबाट ताजा तरकारी तथा फलफूल विषादी परीक्षण गरीमात्रै भित्र्याउन सूचना जारी गर्‍यो।

आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै सरकारले सो सूचना जारी गरेको थियो। तर बिनातयारी सो कदम चालिएको भन्दै नेपाल केमिकल सोसाइटीले आपत्ति जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको हो ।

दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको हो ।

नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको छ । यसअघि दूतावासका अधिकार मन्त्रालयमै गई विषादी परीक्षणको पूर्वाधार नै नभएको अवस्थामा कडाई गरिनु औचित्यपूर्ण नभएको बताएका थिए । भारतीय दूतावासले विषादी परीक्षण गर्नुको कारण
पुष्टि गर्न पनि आग्रह गरेको छ ।

Leave a Reply