यिनै हुन् तीन किसान, जसले बर्षमा दुई करोड कमाउँछन्

0

कुनैपनि बुबाआमाले हतपत आाफ्ना छोरा छोरीलाई किसान बनाउन चाहादैनन् । बरु उनीहरुलाई मेडिकल,लेखापाल र कानुजस्ता क्षेत्रहरुमा लगाईएको हामीले प्रतक्ष्य रुपमा हामै गाउँ समाजमा पक्के पनि देखेको हुनु पर्छ । यसको मुख्य कारण खडेरी, वेमौषमी वर्षा, बजार भाउँको उतारचढाब, बैकिङ ऋणको कठिनाईको कारणले प्रायः संकेत गर्दछ कि किसानहरु अत्यन्त दुःखी छन् ।

किसानहरु मानसिक र आर्थिक रुपमा अब्बल हुन सक्छन्, यति श्रममा विश्वास गर्ने हो भने । जसले सामान्य जीवनलाई संघर्षले मनग्य आम्दानी गर्दैछन् । यसका उद्हारण हुन भारतका यी पाँच किसान ।
१. प्रमोद गौतम
उनी सन् २००६ मा किसानी क्षेत्रमा प्रवेस गरे तर प्रमोद, पुर्व मोटरसाइकल इन्जिनियर हुन । मोटरसाइकल इन्जिनियरिङ तर्फ सन्तुष्टि नलागेपछि उनी खेती तर्फ ढाले । उनको कृषि कर्मले अहिले वार्षिक करोडौको कारोबार गर्छ । सुरुमा बदाम र अदुवा खेती गर्दा त्यसमा कुनै पनि मुनाफा नपाय पनि श्रम गर्न टाडेनन् तर मेहनत अझै बढाए । श्रमिकहरुको शहरको कारखानाप्रतिको मोहले गाउँमा कृषि कर्म गर्ने कामदार भेट्न गाह्रो परेको थियो । त्यसपछि आधुनिक खेती तर्फ लाग्ने निर्णय गरे जस्मा श्रमिकहरु आवश्यकता धेरै पर्दैनथियो ।

प्रमोदले आफ्नै मिल पनि सुरु गरे । उनले अहिले मिलबाट वार्षिक १ करोड र बागवानीबाट वार्षिक १४ लाख कमाउछन् । २००७ २००८ मा उनले आफ्नो पुरै खेती बागवानीमा सारे । उनले सुन्तला, अम्बक, कागती, केरा र दालको खेती गरे ।

२. सचिन काले
प्रमोद जस्तै सचिन पनि मेकानिकल इन्जिनियर हुन । नागपुरका उनले सुविधासम्पन्न जीवन जिउँदै आएको गोरगाउँ छाडे । एउटा निजी कम्पनीमा म्यानेजर भएर बर्षमा २४ लाख कमाउने गर्थे । उनले सन् २०१३ मा सो जागिर छाडेर कृषि तर्फ फड्को मारे । सचिनले भने, ‘हरेक कुरामा चुनौति छ, कृषिमा के कस्तो अवसर छ वा हरेक कुराबारे थाहाँ थिएन र सिक्दै जानुथियो । बिउँविजनबारे अध्ययन गर्नु थियो ।’

सचिनले १५ बर्ष काम गरेबापत पाएको संचयकोषको रकम कृषिमा लगानी गरे । उनको फार्म हाउसले दिन दुई गुणा रात चौगुणा मुनामा गर्न थाल्यो । सचिनले सन् २०१४ मा आफ्नै कम्पनी खाले । उनको इनोभेटिभ सोलुसन प्रा।लि।को सुरुवात गरे । उनको त्यो कम्पनीले किसानका फाइदाकालागि फार्मिङ मोडेल तयार पारे । अहिले उनको फार्मिङले १३७ सुखी किसानलाई करिव २०० एक्कड जग्गामा खेति गर्न मद्यत गर्छन र बार्षिक २ करोड कमाईरहेका छन् ।

३ हरिष धानदेव
उनले सरकारी जागिर नै छाडे । सरकारी जागिर छाडेर उनले एलोभेरा फार्मिङको सुरुवात गरे राजस्थानमा । यो पेशाले सोचेभन्दा निक्कै ठूलो सफलता हात पारे । कमाई करोडमाथि पुर्याए । उनलाई एक पटक यस्तो सोच आयो कि आफ्नो पूख्यौली भूमि जैसलमरमा खेती गर्ने । त्यसपछि माटो विभागमा माटो परिक्षण गर्न गए ।
तथापि, हरिषले आफ्नै अनुसन्धानबाट माइ एग्रीगुरु जस्ता स्रोतहरूको माध्यमबाट किसानहरूलाई देशका कृषि विशेषज्ञहरूसँग जोड्न विचार गरे ।

उनीहरुवीच एकअर्कामा शेयार आदानप्रदान गर्नेबारे सोचे । हरिशले यो पत्ता लगाए कि अनलाइन पोर्टलहरूबाट राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा ल्याउन सकिन्छ । यसै कामबाट हरिशले प्रारम्भिक मै ८० हजार बिउँहरु बेचे । छ महिनामा सात लाखको विरुवा विक्री गरे । गाउँमा भएपनि उनको विरुवा अनलाईनबाटै विक्री हुन थाल्यो ।अहिले उनको कम्पनीले बार्षिक डेढदेखि दुई करोडसम्म कमाउँछ ।

Leave a Reply