भट्टराई को प्रमुख आतिथ्यमा नयाँ नेतृत्व चयन

0

हिमालयन ईन्जिनियरिङ कलेज च्यासल को सातौं अधिबेशनबाट सर्बसहमत रुपमा नयाँ नेतृत्व पाएको छ।

नेपाल विद्यार्थी संघका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका पुर्व स्वतन्त्र विद्यार्थी युनियन सभापति महेन्द्र भट्टराई को प्रमुख आतिथ्यमा शुक्रबार नयाँ अध्यक्ष का रुप मा अनुप भुसाल चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समय देखी ने.बि.संघमा केन्द्रीय समिति को अधिबेशन तथा अर्को तदर्थ समिति पनि नआउनु दुर्भाग्य भएको बताउदै पार्टी नेतृत्व लाई चाडो अधिबेशन गराउनु पनि दबाब दिए । पार्टी भित्र नेताको चाकडि गर्ने र लाभ लिने प्रवृत्ति ले संगठन देखि पार्टी सम्म कमजोर भएको बताउदै अधिबेशन चाडो गर्न दबाब दिदै यहि स्थिति रहने हो भने संगठन को अस्तित्व समेत धराप मा रहने भन्दै चिन्ता व्यक्त गरेका छन् ,विद्यार्थी हरु नेतृत्व लिन सक्षम छन् तर नेताहरु आफ्नो निकटताको आधारमा नेता छान्ने भएकाले अधिबेशन हुन नसकेको बताए , लोकतन्त्र को सबै भन्दा सुन्दर गहना भनेको निर्वाचन हो त्यसमाथि नेपाली काङ्ग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी मा समय मा अधिबेशन हुन नसक्नु ले हामी ले अरुलाई कस्तो लोकतन्त्र सिकाउने भन्दै प्रश्न गरेका भट्टराई ले अब हुने नेपाली काङ्ग्रेस को केन्द्रिय समिति बैठक ल नेबि ।संघ अधिबेशन चाडो हुने मा बिश्वास प्रकट गरे ।

Leave a Reply