मुकेश बराल र उनका टिप्स

0

विन क्र्याफ्ट प्रा.लि. का प्रबन्ध निर्देशक मुकेश बरालले चार वर्ष अघि व्यससाय गर्ने सोच बनाए । लामो समय विदेशमा बसे । कमाई राम्रै थियो, मासिक तीन लाख । तर, जब उनलाई विदेशी भूमीलाई हराभरा बनाएर आफ्नो स्वर्गजस्तो देशलाई मरुभूमी बनाएको आभास भयो त्यसपछि स्वदेश फर्किए । बैंकिङ प्रक्रियाबाट केही व्यवसाय गर्नका लागि अनेकै प्रक्रियाहरु पूरा गरेपछि मात्र बल्ल कर्जा मिल्थ्यो । उनले पनि बैंकिङसम्बन्धि यी सबै झन्झट बुझे । उनलाई जति सक्दो चाँडो व्यवसाय खोलेर अघि बढ्नु थियो । र, उलने आफ्नो निजी घर नै बेचेर व्यवसाय सुरुवात गरे ।

 

मुकेश बराल
प्रवन्ध निर्देशक, विन क्र्याफ्ट इन्ड्रस्टिज प्रा.लि

व्यापार र व्यवसायमा होमिनेहरुको आफ्नै दुःख, मर्काहरु हुन्छन् । आफ्नै छुट्टै कहानीहरु हुन्छन् । त्यसो त सुख पाउन कसलाई रहर हुँदैन । यसका लागि चुनौतीसँग लड्ने साहस चाहिन्छ नै । मुकेशको हकमा चुनौतीसँग लड्ने अस्त्र हो, संघर्ष । विदेशमा रातदिन खटिदा त्यहाँ सबथोक हुन्छ भने नेपालमा चाहिँ किन हुँदैन रु युवा उद्यमी मुकेशलाई केही पाउनका लागि केही गुमाउनुपर्छ भन्ने राम्रो ज्ञान थियो र निजी घर नै बेचेर व्यवसायमा होमिए ।

विन क्र्याफ्ट कम्पनी खोल्न त्यति सजिलो कहाँ थियो र ? श्रीमती सरिता अधिकारीले यूपिभिसीको बजार चहारिन् । र, निष्कर्ष निकालिन कि यूपिभिसीको आममानिसमा मात्र नभई प्रकृतिलाई नै बचाउने रहेछ । त्यसपछि दम्पतीले यो व्यवसायमा हामफाल्दा उचित हुने निचोड निकाले र सुरु भयो व्यवसाय । सफल उद्योगीहरुको कथामा उनीहरुले साना व्यवसायदेखि व्यवसाय सुरु गरेका छन् तर, तपाईले घर नै बेचेर व्यवसाय होमिनुभयो नि ? वर्तमान २१औँ शताब्दीमा व्यवसाय गर्न नयाँ खालकै प्रक्रिया र चुनौती मोल्नुपर्ने मुकेश बताउँछन् । यसअघि मुकेश भन्छन् ‘सुरुमा घर नै बेचेर व्यवसायमा होमिने कुरा सुनेपछि मेरी जिवन संगिनी तर्सिइन् । उनी आफैँ यूपिभिसीमा काम गरेपनि ‘बौलाउनु त भएको छैन’ भन्दै हकारिन् पनि । बरु, सानो तिनो व्यापार गरेर पछि ठूलो व्यवसाय गरौँ भनेर सल्लाह दिइन् ।’ हुँदाखाँदाको आफ्नो घर नै बेचेर कस्लाई व्यापार गर्न मन हुन्छ तर, मुकेशले श्रीमतीलाई व्यवसायको योजना सुनाए । श्रीमानको सबै योजनाहरु सुनेर सरिता थमथमाइन् । त्यसपछि सरिताले पनि यसको बजार बुझिन् । र, अन्तमाः एक करोड २० लाखको लगानीमा व्यवसाय सुरुवात भयो ।

१९ मंसिर २०४६, ललितपुरमा जन्मिएका मुकेशका बुबा सुदर्शन प्रसाद बराल चालक र माता लक्ष्मी बराल निजामती कर्मचारी हुनुहुन्थ्यो । मुकेश अध्ययनमा अब्बल नै थिए । अध्ययन अब्बल भएकालै नै उनी विदेशी कम्पनीमा हिसाबकिताबको जिम्मेवारी पाएका थिए, लेखापालको । एस.एल.सी (हाल एसइई) अर्थात् फलामे ढोका उत्तीर्ण गरेपछि उच्च अध्ययनका लागि व्यवस्थापन संकायमा भर्ना भए । बिहान ब्लुबर्ड कलेजमा पढ्थे । दिउँसो काम पनि गर्थे काम गर्दै स्नातक उत्तीर्ण गरे । विवाह पनि भयो । काम गर्ने शिलशिलामा साथीले विदेश जाने योजना सुनायो । दुवैले विदेशको बारेमा राम्रोसँग बुझे । कमाई र काम पनि राम्रै भएपछि उनले पनि दरखास्त भरे । कम्पनीमा रोजगारीका लागि दरखास्त दिएको केही दिनमै नाम निस्क्यो । कम्पनीको सेवा सुविधा सबै राम्रै भएकाले परिवारका सबै सदस्यले त्यो अवसर नउम्काउन भनेपछि उनी उडे दुबई ।

नेपालमा रहेको कम्पनीले जे जे सेवा सुविधाहरु जानकारी गराएको थियो । साँच्चै ती सबै सेवा सुविधाहरु रहेछ त्यहाँ । विदेश उड्नुअघि उनले सुनेको थिए,‘यहाँ सुनेको र त्यहाँ भोगिएका कामदारहरुको छुट्टै कथा ।’ तर, उनको हकमा त्यस्तो हुन पुगेन । उनी एक शिक्षित, इमान्दार र कर्तव्यनिष्ठ युवा पनि थिए । आफ्नो क्षमताअनुसार काम, सेवा, सुविधा सबै पाए । कम्पनीमा उनीजस्तैै धेरै नेपाली साथीहरु थिए । २५०० भन्दा बढी कामदारहरु रहेको उक्त कम्पनीमा हिसाबकिताबको काम गर्न सहज थिएन । सबै कामदारको हिसाब चुस्त र दुरुस्त बनाउनुपर्दथ्यो । त्यसो त, तलबको विषयलाई लिएर कम्पनीमा धेरै चोटी विवाद पनि उत्पन्न भएको थियो । उनले लेखापालको जिम्मेवारी सम्हाल्नुपूर्व कामदारहरुको तलब तल माथि हुँदा निकै किचलो भएको रहेछ । र, उनले कम्पनीमा नयाँ नियम बनाए । नयाँ नियम ल्याएपछि कसैको तलब तल माथि हुन पाएन । सबै कर्मचारीले मुकेशलाई मान्न थाले ।

कामदारलाई उनीहरुले तलब पाउनु हप्ता दिन अगावै हाजिरीअनुसारको तलबखाता देखाइदिन्थे । र, एक÷ एक प्रति तलबको फोटोकपी सबै कामदारहरुलाई बुझाउथे । यसो गरेपछि हिसाब सफा हुने र किचलो सिर्जना हुँदैनथ्यो । मुकेशको इमान्दारिता र लगनशिलता देखेर कम्पनीले उनलाई यातायात देखि अन्य थुप्रै सुविधा प्रदान गरेको थियो । कम्पनीमार्फत् निजी सवारी साधन गाडी पनि पाएका थिए । तर, उनलाई फेरी अर्कै पीरले च्याप्यो,‘ यतिका धेरै समय अरुको देशमा खटेर यतिको प्रगति गर्न सक्छु भने आफ्नै मुलुकमा किन गर्न सक्दिन रु’ बिदाको समय मिलाएर स्वदेश फर्कन वर्षौ कुर्नुपथ्र्यौ ।

नेपालमा मुकेशकी श्रीमतीले यूपिभिसीको मार्केटिङमा काम गर्थिन् । सरितासँग यससम्बन्धि अलि बढी ज्ञान थियो । दुवै मिलेर यूपिभिसीसम्बन्धि अध्ययन तथा अनुन्धान गर्न थाले । मुकेशले यूपिभिसीसम्बन्धि करिब १० महिना बाहिरी मुलुकमा बुझे । अन्य देशमाझैँ नेपमाल यसको बजार विस्तार नभएको र अबको युगमा यसको बजार उपयुक्त रहेको देखेपछि लगानी गरे । ‘यूपिभिसीसम्बन्धि १० महिनाजति बाहिर बुझे । त्यसपछि नेपालको परिवेशमा मात्र नभई विश्व्मै यो व्यवसाय उत्तम रहेको ठहरिएपछि व्यवसाय सुरुवात गरेर ।’ मुकेश भन्छन्, ‘व्यवसाय सुरुवात त गर्ने भनियो तर, साढे एक करोड जति लगानी जुटाउनुपर्ने भयो । यसरी व्यवसाय सुरुवात गर्ने अठोट भएपनि लगानी कम भएपछि बैंक ब्यालेन्स देखि सबै आर्थिक रकम जोहो गर्दा पनि त्यतिका धेरै रकम जुटाउन गाह्रो भयो । र, अन्तमा बेचियो त्यहिँ भएको निजी घर ।’

यसरी निजी घर नै बेचेर व्यवसायमा होमिएका मुकेशका कम्पनीमा दुई दर्जनले रोजगार पाएका छन् । कम्पनीमा शैलेन्द्र, सञ्जिव, रामजीजस्ता सीपवान्, इमान्दार साथीहरु छन् । जो मुकेशझैँ वर्षौ विदेशमा रहेर काम गरिसकेका छन् । हाल मुकेशससँगै उनीहरु एकबद्ध भई स्वदेशमै केही उदाहरणीय काम गर्न तल्लिन छन् । सबैको एउटै स्वर छ–‘विदेशमा खटिएको जति नेपालमा खटियौँ भने स्वर्ग बन्छ नेपाल । यहाँ अवसर कयौँ छन् तर, हामीले चिन्न सकेका छैनौँ । यहिँ रहेछ हाम्रो ठूलो गल्ति ।’

Leave a Reply