मनाङमा यारतुङ पर्व सुरु

0

मनाङ जिल्लाको माथिल्लो क्षेत्र ङिस्याङअन्तर्गत माथिल्लो मनाङमा यारतुङ अर्थात घोडा कुदाउने पर्व सुरु भएको छ ।

ऐतिहासिक र परम्परागत पर्व भएकोेले हरेक वर्ष मनाङमा वर्खायाममा बाली लगाइ सकेपछि घोडा दौडाएर खुसियाली मनाउने चलन रहेको स्थानीय बताउँछन् । यारतुङ पर्वमा गाउँका युवा तथा वृद्धावृद्ध सबैले घोडा कुदाउनुका साथै संस्कारमा आधारित नाचगान गरी दिनरात कटाउने गर्छन् ।

पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने मनाङमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यारतुङ मनाउने पनि गरेका छन् । पर्वमा स्थानीय संस्कृतिस“गै राष्टिय तथा स्थानीय कलाकारले भव्य सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् ।
माथिल्लो मनाङपछि खाङसार, पिसाङ, हुम्डे, ङाँवल लगायत मनाङका विभिन्न गाउँहरूमा छुट्टाछट्टै यारतुङ पर्व मनाउने चलन छ । यद्यपि यारतुङका विदेश लगायत स्वदेशका पनि विभिन्न ठाउँबाट आफ्ना आफन्तहरूलाई निमन्त्रण गरी उत्साहका साथ मनाउने गर्छन् ।

Leave a Reply