प्राकृतिक सौन्दर्यले भरिएको नेपाल हेर्दा कस्को मन नलोभ्याउला ? (फोटो फिचर)

0

वास्तवमा नेपालको परिपेक्षमा आर्थिक सम्वृद्धिको मेरुदण्ड रुपमा पर्यटन व्यवसायलाई नै लिईन्छ ।

विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा परीचित नेपाल जहाँ नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण प्राकृतीक सम्पदाले एकदमै धनी नेपाली प्राकृतिक सौन्दर्यता स्वच्छ हावापानी हराभरा वन जङ्खल कलकलाउदा खोलानाला, तालतलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुराँसले मनमोहक तुल्याउने प्राकृतिक स्पर्सका लागी मनका वह बिसाउने चौतारीहरुका खानी प्राकृतिक सौन्दर्यता जैविक विभिधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरीपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थललुम्बिनी, पबित्र धार्मिक स्थल पशुपतिनाथ, जनकपुरधाम लगायत मनमोहक दृश्य रहेका छन् ।

नेपालमा पर्यटनका लागी थुप्रै सम्भावना छन् तर ती सम्भावनालाई मुर्तरुप दिन कठिन चुनैतीसमेत रहेका छन् भने स्रोत र साधन पुर्वाधार निर्माणमा सरकार लागी पर्नु पर्ने हुन्छ । नेपालको धरातलिय तथा जलवायु विविधता मनोरञ्जनात्मक प्राकृतिक सुन्दरतालाई पर्यटक सामु चिनाउनु नै नेपालको आधारसिला पर्यटन व्यवसाय हो । पर्यटन व्यबसायको विकास र प्रवर्द्धनका लागि पर्यटनसँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको प्रचार प्रसार सुधार तथा विकास र प्रवर्द्धनका लागी सहकार्य गर्नु पर्दछ ।

नेपालमा पर्यटकका लागी ¥यापटिङ्ख प्याराग्याईडिङ्ख, साईकिलिङ्ख, म्याराथुन, स्काई ड्राईभिङ्ख, वन्जिजम्प, ट्रेकिङ्खलगायत खेलहरु पछिल्लो समयमा लोकप्रिय बन्दै गईरहेका छन् यसको निरन्तरता सम्वर्धन र प्रबन्धनका लागी राम्रो गुरु योजना बनाउन आवश्यक छ । तसर्थ पर्यटन क्षेत्रको सम्भावनालाई अधि बढाउनका लागी चिन्तनसिल भएर राज्य र जनता लाग्न जरुरी छ त्यसमा पनि सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई विश्वसामु चिनाउनका लागी तपाई हामीहरु लागी पर्नु पर्ने हुन्छ ।

नेपाल सरकारले गरेको पर्यटन सम्वन्धि नयाँ पर्यटकीय गन्तव्यहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत नेपालको पर्यटन प्रवर्द्धनको लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्न नयाँ गन्तव्यहरु सार्वजनिक गरेको छ ।

Leave a Reply