विदेशमा ७ बर्ष श्रम वेँचे तर ऐले नेपालमा नै कुखुरापालनबाट मासिक १ लाख सम्म कमाउँछु

0

कुनै समय गाडीको सहचालकदेखि वैदशिक रोजगारसम्मको अनुभव गरिसकेका व्यतीको जिवन नै परिवर्तन भएको छ ।कामको शिलशिलामा उनले गाडिको खलासीको पनि काम गरे । यती मात्र होइन उनी खाडी मुलुकमा पनि पुगे र आफ्नो श्रम बेचे ७ बर्ष सम्मको तर आज उनी पछुताउँछन् । यहि देशमा पहिले नै केहि गर्ने बुद्धि नआएकोमा ।

उनै हुन् सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ छायाँक्षेत्रका लोकराज भण्डारी । उनले हाल केहि नभए पनि कुखुरा पालनबाट मासिक रू १ लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायी भण्डारीले विगत ४ वर्षदेखि रानागाउँमा फार्म सञ्चालन गरी ४ हजारभन्दा बढी कुखुरा पालेका छन् । उनको फार्ममा ४ हजार ब्रोइलर कुखुराका साथ २०० भन्दा बढी लोकल कुखुरा, घाँटी खुइले, प्वाँख उल्टे, न्यु हेम्पासायर र गिरिराज जातका कुखुरा छन् ।

गाडीको सहचालकदेखि वैदशिक रोजगारसम्मको अनुभव गरिसकेका भण्डारीले व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताए । वैदेशिक रोजगारीको सिलसिलामा विदेश बसेका उनले त्यहाँ विभिन्न कृषि फर्महरु अवलोकन गर्ने अवसर पाएका थिए । त्यही देखेर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएको उनी बताउँछन् ।

‘अहिले मासिक रू. १ लाखसम्म आम्दानी हुन्छ, व्यवसायबाट सन्तुष्ट छु,’ भण्डारीले भने । कुखुरा विक्री गर्न आफ्नै लगानीमा डेढ किलोमिटर सडक खनेर फार्मसम्म पु¥याएको, तर अहिलेसम्म विद्युत् सेवा फार्मसम्म नपुग्दा फार्मलाई प्रविधिमैत्री भने बनाउन नसकेको उनले बताए । ‘व्यवसायलाई व्यवस्थित बनाउने र फार्मको क्षमता बढाउँदै लैजाने सोच छ, तर पनि कसैले सहयोग गर्दैनन्,’ उनले भने ।

Leave a Reply