अनौठो होटल, जहाँ ६० हजार सिँढी उक्लिएर पुग्दछन् ग्राहक (फोटोफिचर)

0

हरेक मानिसको सोच हुन्छ कि नयाँ ठाँउमा पुग्ने र नयाँ जानकारी लिने । अझ बिशेष गरि हरेक व्यती जोखीम युक्त स्थान हेर्न रुचाएको पाईन्छ । यहि कुरालाई मध्यनजर गरेर उद्यमीहरुले पनि सोहि अनुसारको मानवनिर्मीत अनौठा कुराहरु निर्माण गरेका छन् । ता की धेरै ग्राहकहरु आउन र धेरै खर्च गरुन सोचेर । यहि कुरा नै हरेक व्यतीको जीवनको अविस्मरणीय पल रहने छ ।

मानिस स्वभावलै घुमन्ते प्राणी हो । यसैलाई मध्ये नजर गरेर संसारमा मानवनिर्मित यस्ता ठाउँहरु बनाएका छन् । यस्तै आफ्ना ग्राहकलाई नौलो अनुभुति दिलाउनका लागि दुनियामा अनेक खालका होटेल खुलेका छन् । यस्तै एउटा अनौठो होटल चीनमा छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ ।

उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूराना सल्लाका रुखहरु छन् ।

होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्प पनि छ । त्यो हो केबुल कार । होटल निकै भव्य तथा सुविधासम्पन्न छ । त्यहाँ स्पा तथा स्विमिंग पुल समेत छन् ।

होटलमा जानका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पूराउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढ्दा निकै डरको अनुभुति पनि हुनसक्छ । होटलमा ६५ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् ।   -एजेन्सी

Leave a Reply