ठेकेदारलाई महेश बस्नेतको चेतावनी स् नेताको चाकरी गरेर बिकाश निर्माणमा ढिलासुस्ती गर्ने दिन सकियो

0

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता महेश बस्नेतले जनताको दवाव नै निर्णायक तथा अन्तिम रहेको यथार्थ स्वीकार गर्दै बिकाश निनर्माणको काममा ढिलासुस्ती नगर्न ठेकेदारलाई चेतावनी दिनुका साथै उनले कुनै पनि नेताको चाकरी गरेको भरमा विकास निर्माणमा ढिलासुस्ती तथा लापरवाही गर्ने निर्माण कम्पनीको दिन अव समाप्त भएको घोषणासमेत गरेका छन् ।

भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण समपन्न नभइ अलपत्र रहेको सडक अनुगमनका क्रममा सांसद बस्नेतले नगरकोट जाने सडक निर्माण सम्पन्न नभएका कारण दुई पटक अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु हुन नसकेको बताए । उनले भिजिट नेपाल २०२० मा नगरकोटमा पर्यटक ल्याउन नसके भक्तपुर आर्थिक विकास र समृद्धिमा पछि पर्नु भएको बताउँदै निर्माण कम्पनी जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply