अचम्म पर्नुहुनेछ तिते करेलाको सेवनबाट हुने फाईदाहरु बारे जानेपछि

0

तिते करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेकोगुणले स्वास्थ्य र सौर्न्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन,भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड,सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौर्न्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।स्वास्थ्यमा फाइदा मधुमेह मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ ।जन्डिस करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ ।

पत्थरी(करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ ।पेटमा किरा पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् ।जोर्नी दुःख्ने काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।पि साब पोल्ने करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ । शौर्न्दर्यमा फाइदा अनुहारको दागबाट मुक्ति करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन ।स्वस्थ्य छाला धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ ।

एन्टिएजिङ करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ ।पोतो पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो ।

यस्ता छन् तिते करेला का फाईदाहरु

खानामा रुचि बढाउँछ ।
तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
खाएको कुरा राम्ररी पचाउँछ ।
पेटसफा राख्दछ ।
कब्जियत हुन दिँदैन ।
पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
बर्षा याममा हैजा लागेको शङ्का लागेमा अथवा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
हरेक खाने कुराहरुले सदैव फाइदा मात्रै गर्दैन। खाने समय र खाने तरिकाको बारेमा राम्रो ज्ञान नहुदा राम्रो हुन्छ भनेर खाएका खाने कुराहरुले हाम्रो स्वास्थ्यलाई हानि गरिरहेको हुन्छन्। त्यस्तै तिते करेलालाई पनि खाने समय र तरिका नजान्दा हानीकारक तत्वको रुपमा रहन सक्छ।

Leave a Reply