यी चर्चित व्यापारीले किन रोजे आत्महत्याको बाटो ?

0

एक चर्चित व्यवसायी ऋृणमा चुर्लुम्म डुबे । भारतका सबैभन्दा ठूलो कफी व्यवसायी समेत हुन उनी । चेन क्याफे कफी डे (सीसीडी) का संस्थापक बीजी सिद्धार्थ । जो नाताले कर्नाटकका पूर्व मुख्यमन्त्री एसएम कृष्णाका ज्वाईं हुन् ।
तर उनी ऋृणको भारीले थिचिदै गए । भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार उनीमाथि झण्डै ७ हजार करोड भारतीय रुपैयाँ ऋण थियो यिनै व्यापारी एकाएक हराए । गत सोमबार रातीदेखि हराएपछि यी उद्यमीको खोजी अभियानमा झण्डै दुइ सयभन्दा धेरै व्यक्ति परिचालित भए । उनको शव भेटियो बुधबार बिहान मेंगलुरुको नेत्रावती नदीमा । मेंगलुरुका सांसद युटी खादरका अनुसार सिद्धार्थका साथी एवं आफन्तले शवको पहिचान गरेका हुन् । पुलिस सोधपुछको क्रममा ड्राइभरले सिद्धार्थ उलाल शहरमा रहेको पुलसम्म घुम्न निस्किएका थिए । त्यहाँ उनले कार रोक्न लगाए र पैदल नै हिँडे । ड्राइभरले गाडीमै बसेर उनको प्रतिक्षा गरिरहेको र त्यसपछि पनि नआएपछि प्रहरीलाई सूचना दिएको बताए । घटनालाई लिएर प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२७ जुलाईमा लेखिएको सिद्धार्थको एउटा पत्र सार्वजनिक भएको छ जसमा उनले इक्विटी पार्टनर तथा ऋणदाताहरुको दबाबबारे जानकारी दिएका छन् । यसरी ऋृणमा डुबेपछि चर्चित व्यापारीले आत्महत्याको बाटो रोजेका छन् ।

एजेन्सीको सहयोगमा

Leave a Reply