एउटा यस्तो विद्यालय जहाँ पढाइका साथै स्याउको पनि कारोबार : कमाउंँछ लाखौं

0

जुम्लामा एउटा यस्तो विधालय छ जसको बारेमा सुन्दा तपाँइलाइ अचम्म लाग्ने छ । उक्त बिधालयमा पढाइको साथ साथै व्यवसाय पनि हुन्छ । व्यवसाय भने स्याउ र घाँसको बेचबिखन ।

प्रंशग रहेको छ तिलागुफा नगरपालिका–३ फोइमहादेवको महादेव माध्यमिक विद्यालयको । यो बिधालय जिल्लाको नमुना विद्यालयका रुपमा परिचित पनि छ। यहाँ विद्यालयको प्रसस्त जग्गा छ। स्याउको बगैंचा छ। कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य तथा शिक्षा संकायका साथै सिटिइभिटीको १८ महिने कृषि जेटिए र तीनवर्षे प्लान्ट साइन्स पठनपाठन हुन्छ।

स्याउ र घाँसबाट आम्दानी विद्यालयको करिब तीन हेक्टर जग्गामा स्याउको बगैंचा छ। स्याउ र घाँसको बेचबिखनबाट वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। विद्यालयमा स्याउबाट जाम बनाउने गरिएको र घाँस बेचेर थप ४०र४५ हजार आम्दानी गरेको शिक्षक नवीन हमालले बताए। ‘हामीले स्याउ र घाँस बेचेर पैसा कमाउने गरेका छौं,’ उनले भने, ‘बगैंचाको हेरचार शिक्षक र विद्यार्थीबाटै हुने गरेको छ।’ विद्यालयको नाममा रहेको खेतीयोग्य जमिन स्थानीयलाई भाडामा दिइएको र स्थानीयले उक्त जमिनमा आलु र खाद्यान्न बाली लगाउने गरेकोे शिक्षक हमालले बताए। उनले भने, ‘जमिनको भाडा पनि वार्षिक एक लाख रुपैयाँसम्म आउँछ।’

विद्यालय हाताभित्र रोपिएको बोजोबाट पनि आम्दानी हुने गरेको शिक्षक हमालले बताए। हिमालका विद्यार्थीलाई सहज विद्यालयमा पठनपाठन हुने कृषि प्राविधिकतर्फको १८ महिने कार्यक्रममा दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पाका विद्यार्थीहरु रहेका र तीन वर्षे कृषि जेटिएमा जुम्ला र कालीकोटका विद्यार्थी बढी रहेको प्रधानाध्यापक नरदीप शाहीले बताए।

Leave a Reply