रसुवाको टिठलाग्दो राजनीति

0

आजभन्दा ३६ बर्ष अगाडि जन्मिएको हुँ । बुवा थुर्पा तामाङ र आमा सेसाङको कोखबाट कान्छो छोराको रुपमा । गोठालादेखि भरिया हुँदै अध्ययनलाई अगाडि बढाएको हुँ । रामसुन्दर यादव सरकै प्रेरणामा अध्ययन अघि बढ्यो । ५ कक्षासम्म गाँउकै स्कूलमा पढियो । ६ कक्षा अध्ययन गर्नका लागि सदरमुकाम धुन्चेसम्म झर्न पर्दथ्यो । झण्डै तीन घण्टा हिडेर ।
स्कुलको कापी कलम किन्न समेत धौं धौ हुने अबस्था थियो । खाजा कुरै भएन् । विद्यालय छुटीको समयमा पर्यटकको भारी बोकेर लाङटाङसम्म पुगिन्थ्यो । त्यहीबाट आर्जित रकमले पढाई खर्च जुटाएर ०५९ सालमाएसएलसी परीक्षा दिए । दोश्रो श्रेणीमा उत्र्तीण भए । बीचमा टिएमए नामक सामाजिक संस्थामा सामाजिक परिचालकको रुपमा काम गरे ।
उच्च शिक्षा अध्ययनका लागि काठमाडौं खाल्डोतर्फ हानिए । आर आर कलेजमा भर्ना भएँ । तर स्थिती यस्तो थियो कि काम गाउँमा पढाई शहरमा । कि त काम छाड्नु पर्दथ्यो वा शहर । मैले दोश्रो चाहिँ छाडिदिए ।
घरमै बसेर काम र अध्ययनसँगै बढाए । आइ ए तह कटाए । गाँउकै पहिलो आइए कटाउने व्यक्ति । लगतै गरिवी निवारण कोषमा जागिरको अवसर पाए । जुनसुकै संस्थालाई राजनीतिको प्रभाव परिहाल्छ । जब मैले त्यो संस्थामा इन्ट्री गरे । मेरा पछाडि कुरा काटिएको सुनें त्यो एमालेको मान्छेलाई किन ल्याएको ?

राजनीतिकै आधारमा म माथि सैतेनी व्यवहार हुन थाले पछि राजीनामा दिएर संस्थाबाट बाहिरिए । र भित्रिए राजधानी खाल्डो । त्यहाँ ट्राभल एजेन्सीमा काम गर्न थालेँ । पछि एजेन्सी नै चलाए । बीचमा कुखुरापालन गर्न थाले । आर्थिक रुपमा केहि सहज हुँदै पनि गयो ।

जतिखेर डा बाबुराम भटट्राई प्रधानमन्त्री थिए उनका नीति तथा कार्यक्रमहरुबाट प्रभावित भइयो । यही बीचमा नयाँ शक्ति पार्टी जन्मियो । र नयाँ शक्तिको जिल्ला इन्चार्जको रुपमा काम पनि गरेँ र रसुवा जिल्लाको नपुगेको वडा बाँकी रहेन । त्यही कारण ०७४ सालको निर्वाचनमा सबैीतर नयाँ शक्ति पार्टी निल हुँदा रसुवाले नयाँ शक्तिको इज्जत बचाइदियो ।
जन्मजात कम्युनिष्ट । बीचमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीले केही गर्छ भन्ने सोचेर लागियो नयाँ शक्तिमा । चाडपर्व केहि नभनी अहोरात्र चुनावी मैदानमा खटिने म ।

फाइदा लुट्ने त्यहाँ पनि अरु नै भयो । कांग्रेसँग तालमेल हुँदा प्रेम तामाङ प्रदेशको टिकट दिइयो । जुन टिकट मलाई दिने भनिएको थियो । पैसाको चलखेल र बेइमानी भयो । सबै तिरबाट हेर्दा नयाँ शक्ति राष्ट्रिय पार्टी हुने छाँटकाँट देखिन । त्यो पार्टीमा बस्नुको कुनै औचित्य देखिन र राजीनामा दिएर बाटो लागे । पछि म आफू मात्र होइन अन्य साथीहरुलाई पनि पुरानै घर (एमालेपार्टी)मै फर्काए ।

 तेम्प्रेल तमाङ,प्रदेश नम्बर ३ सदस्य नेकपा

रसुवा र राजनीति
प्रचुर सम्भवना तर सदैव बत्तिमुनिको अध्यारोको नियति । के छैन रसुवासँग रु पर्यटनमा अथाह सम्भवना तर ठग्यो राजनीतिले । यही छ लाङटाङ,क्याञ्जिङ । यही पाइन्छ विश्वकै दूलर्भ रेड पाण्डा । यही छन् गोसाइकुण्ड,सूर्यकुण्ड लगायतका अनेकौ ताल । तर,०१८ सालमा नुवाकोटसँग छुट्टिएर रसुवा जिल्ला त बन्यो उस्तै छ हाम्रो हाल । क्षेत्रफलको हिसाबले हामीभन्दा पनि सानो नुवाकोटबाट केन्द्रीय राजनीतिमा दर्जनौं नेता उदाए । दर्जनौं नेताहरुले मन्त्री पड्काएका छन् । रसुवाबाट पञ्चायतकालमै रामकृष्ण अचार्यहरु राज्यमन्त्रीसम्म बने । तर लोकतन्त्रहुँदै हामी गणतन्त्र युगमा प्रवेश त गर्र्यौ । तर रसुवाका कुनै नेता मन्त्रीमण्डलमा अट्न सकेनन् । यस्ता बिषयले बुझ्ने भएदेखि मन घोच्दथ्यो । बुवा थु्रपा तामाङ ०४७ सालको जनप्रतिनिधि । बुवाकै राजनीतिक चेतको प्रभावले म पनि लागें जानी नजानी राजनीतिमा । ७ कक्षा पढ्दै गर्दा प्रारभ्भिक कमिटि हुँदै राजनीति लागें ।

०५७ सालम स्वर्गीय भीमलाल हिराचनबाट तत्कालिन एमालेको संगठीत सदस्य बनें । जतिखेर गाउँगाउँमा यूवा संगठन बन्दैथियो । सोही समयमा हाकु गाविसको अध्यक्ष बनेर काम गरे । र अहिले ३ नम्बर प्रदेश नेकपाको सदस्यका रुपमा क्रियाशिल छु । संगठनलाई अगाडि बढाउने र अब्बल बनाउने ढंगले काम गरिरहेछु । रसुवा जिल्लामा राजनीति पैसाको प्रभावमा हुँदै आएको छ । यहाँ निर्वाचनमा जसले पैसा पेल्छ प्रभाव उस्कै पोल्टामा जान्छ । त्यही कारण टुरिष्ट उम्मेद्धारहरुले चुनाव जित्ने परिपाटी विकास हुँदै गयो । जसका कारण जुन गतिमा विकास हुनुपर्ने हो हुन सकेन । रसुवामा जबसम्म पैसाको राजनीति चल्छ तबसम्म विकासमा गति लिन सक्दैन् । विकास सम्भब छैन् । आज राजनीति पेशा बनेको छ । तर राजनीति सेवा हो ।

Leave a Reply