प्रधानमन्त्री ओली स्वदेश फर्कने कार्यक्रम सरेको स-यै, आज पनि नफर्कने

0

स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने तालिका दुई पटक स्थगित भएको छ । यसअघि गत शुक्रबार नै प्रधानमन्त्री ओली स्वदेश आउने कार्यतालिका रहे पनि उपचार नसकिएका कारण आइतबारसम्मका लागि स्थगित भएको थियो ।

स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने कार्यक्रम फेरि सरेको छ । उनी अब भोलि सोमबार मात्रै स्वदेश फर्किने भएका छन् । तर उपचार नसकिएका कारण आइतबार स्वदेश फर्कने सूचना दिइएको थियो ।

तर फेरि मिति सर्नुमा स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकालाई कारण मानिएको छ। आज आइतबार साँझसम्ममा रिपोर्ट आउने र भोलि फर्कने बताइए पनि फेरि सर्नसक्ने सम्भावना पनि रहेको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही १८ साउनमा त्यसतर्फ गएका थिए ।

Leave a Reply