सीपीले श्रीमतीको वर्थडेमा दिए युट्युव च्यानल गिफ्ट

0

शहरमा जन्म दिन मनाउने नाममा अनेक तडक भडक शैली अपनाइन्छ । यस्ता शैलीलाई चुनौती दिँदै कलाकार सीपी पुडासैनीले विल्कुलै फरक शैलीमा आफ्नो जीवन संगीनीको जन्मदिन मनाएका छन् ।

सीपीले जीवनसंगी शर्मिला पुडासैनीको ३१ औं बर्षगाँठको पावन अवसरमा आफ्नो युट्युव च्यानल गिफ्ट स्वरुप दिएका छन् ।
शर्मिलाको जन्म दिनको अवसरमा सीपीले चर्चित युट्युव च्यानल नेपाली मन नेपाली पन गिफ्ट स्वरुप दिएका हुन् ।
अहिले झण्डै २७ सय सदस्य रहेको उक्त च्यानलबाट अब टेलिश्रृंखला श्रीमान भर्सेज श्रीमती प्रशारण हुने सीपीले जनाएका छन् ।


११ बर्ष अघि शर्मिलासँग बैवाहिक बन्धनमा बाधिएका सीपीजस्तै शर्मिला पनि कलाकारिता क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापित गर्दैछिन् ।
उनी यस अघि नै क्या जमाना आ नामक चर्चित टेलिश्रृंखलाको सह निर्मात्रीको रुपमा काम गरिसकेकी छिन् ।

Leave a Reply