५ करोड लागतमा धुम्बाराहीमा खुल्ने भो प्रविधिमैत्री तरकारी बजार

0

५ करोडभन्दा बढी लागतमा सुविधा सम्पन्न तरकारी पसल खुल्न लागेको छ । २ सय वटा सटरसहित अत्याधुनिक प्रविधिमैत्री तरकारी तथा फलफूल बजार खुल्न लागेको हो । राजधानीको धुम्बाराहीमा सिके लोप्चन एग्रीकल्चर प्रालिले सञ्चालन गर्न उक्त बजार झण्डै ७ रोपनीको क्षेत्रफलमा फैलिएको छ ।

सो तरकारी बजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । र आगामी दशै अगावै बजार सञ्चालनमा आउने जनाइएको छ । उक्त बजारका प्रवन्ध निर्देशक चित्र लामा लोप्चन हुन ।

करीब ५ करोडको लागतमा निर्माण भइरहेको सो बजार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply