२ अर्ब ९० करोड लगानीमा खुल्यो होटल आकामा

0

२ अर्ब ९० करोड लागतमा अन्तराष्ट्रियस्तरको होटल आकामा सञ्चालनमा आएको छ । राजधानीको धुम्बराहीमामा अवस्थित होटल आकामा सानिमा ग्रूपले सञ्चालनमा ल्याएको हो । सानिमा ग्रूपले हाईड्रो, सानिमा बैंक, सानिमा लाईफ ईन्स्योरेन्स हुँदै होटल उद्योगमा हात हालेको हो ।
१ सय ८ ओटा कोठा रहेको उक्त होटलमा ९० डलर देखी ६ सय डलर सम्मको कोठाहरु उपलब्ध रहेको होटल आकामाले जानकारी दिएको छ ।
सो होटलमा स्थानीय नेवारी र हिमाली संस्कृतिको स्वाद तथा मौलिक नेपालीको अनुभव गर्न पाउने भएको छ । अहिले ओपनिङ अफरको रुपमा होटलको रेष्टुँराहरुमा २० प्रतिशत सम्म छुटको ब्यवस्था गरेको होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिएका छन ।

Leave a Reply