‘लोकल’ कुखुराको व्यावसायिकपालनः कमाउँदै लाखौँ

0

आजको समयमा धेरै जसोले उन्नत जातका (बोइलर) कुखुरापालन गर्ने व्यक्तीको संख्या गन्न पनि नसक्ने अवस्थामा रहेको छ । यहि कारणले गर्दा नै उपभोक्ताले स्वास्थ्यमा हित हुने किसीमको मासु् खानबाट बन्चित भएका छन् । आम जनताले स्वनस्थ्यवर्धक मासु खाउन भन्ने उदेश्यले बागलुङ नगरपालिका–३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालन गरेका छन् । साथै उनले राम्रो आम्दानी पनी गर्दै आएका छन् ।

सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन शुरु गरेका थिए । उनको ‘फार्म’ मा अहिले तीन सयभन्दा बढी स्थानीय जातका कुखुरा छन् । चार महीनाको अवधिमा रु एक लाखभन्दा बढीको भाले बिक्री गरेको सापकोटाको भनाइ छ । “मासुसँगै चल्ला र अण्डाको पनि उत्तिकै माग छ”, उनले बतए, “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।” काठमाडौँ, हेटौँडा, कपिलवस्तु र पोखराका ‘ह्याचरी’ बाट अण्डाको माग आउने गरेको छ । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ ।

“अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, सापकोटाले बताए, “स्थानीय जातका कुखुरापालनमा बिस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । सदरमुकाम बागलुङ बजारमा होटल, रेष्टुराँमै मासुका रुपमा कुखुरा बढी खपत हुन्छ । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु सात सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ थियो । अण्डा रु १५ र एक साताको चल्ला रु १२५ मा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक १५० भन्दा बढी अण्डा दिन्छ ।

स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने भएको हुँदा पाँच÷छ महीनापछि मात्र बेच्न योग्य हुन्छ । उन्नत जातका कुखुरालाई जस्तो नियमित खोप, औषधि खुवाउनु नपर्ने सापकोटाको भनाइ छ । “बारीमा चर्छन्, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, सापकोटाले भन्नुभयो । कुखुरापालनबाट मासिक रु ३५ देखि ४० हजारसम्म मुनाफा निकाल्न सापकोटा सफल भएका छन् ।

‘सापकोटा कृषि फार्म’ सञ्चालनमा ल्याउनुभएका उहाँले व्यावसायिक कुखुरापालनसँगै बाख्रापालन र तरकारी खेती पनि गर्दै आएका छन् । ‘फार्म’ मा अहिले १६ वटा बाख्रा छन् । तीन रोपनी क्षेत्रफलमा तरकारी खेती छ । पढाइमा स्नातक सापकोटाको तरकारी खेती भने पुरानै हो । “नयाँ सीप र प्रविधिअनुसार तरकारी खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “दुई वटा हाइटेक टनेलमा तरकारी खेती छ ।”

Leave a Reply