न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी

0

मंगलबार दिउँसो साढे चार बजे पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसललगायत ४ वटा पसलमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। साढे ४ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन।

आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।आगलागीको कारण थाहा हुन सकेको छैन। क्षतिसहित थप विवरण आउन बाँकी छ।

Leave a Reply