भारतबाट पौने दुई अर्बको आयुर्वेदिक औषधि

0

भारतबाट मात्रै वार्षिक १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयुर्वेदिक औषधि आयात भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले अन्तर्राष्ट्रिय बजारमा १ अर्ब ५५ करोडको जडिबुटी निर्यात गरे पनिसोही वर्षमा भारतबाट मात्रै १ अर्ब ८८ करोडको आयुर्वेदिक औषधि आयात गरेको पाइएको छ ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयबाट भएको ‘आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन’ अनुसार भारतबाट मात्रै १ अर्ब ८८ करोडको आयुर्वेदिक औषधि निर्यात भएको देखाएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आव २०७४/७५ मा १ अर्ब ५५ करोडको जडिबुटी निर्यात भएको देखाएको हो । नेपालमा उत्पादन भएकाजडिबुटी कच्चा पदार्थको रूपमा भारतलगायत विभिन्न मुलुकतर्फ निर्यात हुँदै आएको छ । नेपालमा नै जडिबुटीको प्रशोधन तथा जडिबुटीमा आधारित आर्युर्वेदिक उद्योग सञ्चालन गर्न नसक्दा कवाडीको मूल्यमा नेपाली जडिबुटी निर्यात हुने र विदेशबाट उक्त जडिबुटी महँगो मूल्यमा आयुर्वेदिक औषधिको रूपमा नेपालमा आयात हुने गरेको छ ।

आयुर्वेद विज्ञान तथा अनुसन्धानबाट औषधीजन्य जडीबुटी, सुगन्धित वनस्पति तथा गैरकाष्ठ वन पैदावारवाट निर्मित औषधि अवलेय, खाद्य, पेय, सौन्दर्य प्रशोधन आयुर्वेद चिकित्सा, मानव स्वास्थ्य, प्राणी जगतहरूका लागि उपयोगी भएको प्रमाणित गरिकेको छ । प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयलबाट भएको ‘आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन’ले नेपालमा सबैभन्दा बढी खपत हुने आयुर्वेदिक औषधिमा नेपालमा अभिपत्तिकर चुर्ण, त्रिफला चुर्ण, हर्रो चुर्ण, बर्बे चुर्ण, अश्र्वगन्धा चर्ण, मन्जिस्ठादी क्याथ, पिपला चुर्ण, सितोपलादी चुर्ण, सतावर्री चुर्णलगायत रहेका छन् ।

नेपाल जडिबुटी उत्पादक संघका अनुसार उपभोक्ताहरूको हर्बल उत्पादनतर्फको बढ्दो आकर्षणले गर्दा जडीबुटीको मूल्य बढेको र यसको अन्तर्राष्ट्रिय माग र व्यापार पनि पछिल्ला वर्षहरूमा बढ्दै गइरहेको बताएको छ । जडिबुटीमा आधारित आयुर्वेदिक उद्योग सञ्चालन गरी आफ्ना उत्पादनमार्फत स्वदेशमा खपत, आयात प्रतिस्थापन र विदेश निर्यातबाट लाभ लिन सके मुलुकको आर्थिक समृद्धिमा योगदान हुने संघको भनाइ छ ।

आयुर्वेदिक औषधि बनाउन अमला, हर्रो, बर्रो, अश्वगन्धा,सर्पगन्धा, मजजठो, चिराइँतो, सतावरीलगायत जडिबुटीहरूको आवश्यकता पर्छ । प्रशोधन नगरी कच्चा पदार्थकै रूपमा जडिबुटी निर्यात गर्दा मुलुकले कम मूल्य पाउँदै आइरहेको छ । जडिबुटी व्यवसाय प्रवद्र्धन गर्दै प्रशोधित जडिबुटीमात्रै निर्यात गर्ने हो भने मुलुकले जडिबुटीबाटै ठूलो फड्को मार्ने बताउँछन् जडिबुटी व्यवसायीहरू । सरकारले जडिबुटी निर्यात सम्बन्धि नीतिलाई प्रभावकारी रूपमा कार्यन्वयन गर्न नसक्दा मुलुकले ठूलो रकम गुमाउनु परेको छ ।

वन तथा वातावरण मन्त्रालयमा नयाँ नेतृत्व फेरिनेवित्तिकै जडिबुटी नेपालमा नै प्रशोधन गरेर जडिबुटी निर्यात गर्ने र जडिबुटीबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पु(याउन आवश्वासन दिने गरे पनि कार्यन्वयन भने कहिल्यै हुन सकेको छैन ।
“छनत यहाँ थुप्रै किसिमका जडिबुटी छन्, बहुमूल्य जडिबुटीबाट आर्थिक समृद्धि हासिल पनि गर्न सक्छौं,” वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत भन्छन्, “तर, जिराको जस्तो सस्तो मूल्यमा विदेश निर्यात गरेर त्यही जडिबुटीबाट बनेका औषधिहरू हिराको जस्तो चर्को मूल्यमा किनिरहनुपरेकको अवस्था छ, प्रशोधित जडिबुटीमात्रै निर्यात गर्नुपर्छ । अब त्यही ढंगले अगाडि बढ्ने छौं ।”तर,उक्त प्रतिबद्धताहरू भाषणमा मात्रै सीमित गरेका बस्नेत कार्यान्वयनमा भने चुकेका छन् ।

नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले प्रशोधित जोडिबुटीमात्रै निर्यात गर्नसके मुलुकले जडिबुटीबाट नै आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउँछन् । “अहिले अन्तर्राष्ट्रिय बजारमा जडिबुटीको माग बढिरहेको छ, तर हामी कच्चा पदार्थको रूपमा सस्तोमा बेचिरहेका छौं भने आयुर्वेदिक औषधिको रूपमा त्यही जडिबुटी आयात गर्छौं,” उनले भने, “एलोपेथिक औषधिलगायत अन्य औषधि स्वास्थ्यका लागि असर गर्ने भयो, अरु रोगहरू पनि निम्त्याएका कारण अहिले मान्छेहरू नेचरमा फर्किएका छन्, प्रकृतिजन्य बस्तु र यसबाट बनेका औषधिको माग अहिले विश्वबजारमाबढेको छ ।” कारोबारमा रहेको छ ।

Leave a Reply