मह जोडीको यस्तो मिलन हरिबंशको जागिर खोसिएपछि मदनकृष्णले पनि राजिनामा दिए

0

हरिवंश आचार्य सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरू मध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी मह जोडी नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी मदन कृष्ण श्रेष्ठ हुन्।

आचार्य एक ब्राह्मण परिवारमा जन्मिएका थिए। उनको जन्म वि.सं. २०१४ कार्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो। उनका पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो।

उनका बाबुले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गरे। बुवा ७३ वर्षको हुँदा उनी जन्मेका हुन्। बुवा पण्डित भएकाले उनलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहन्थे। पण्डित नै विद्वान् हुन् भन्ने मान्यता थियो। उनी ६ वर्षको हुँदा बुवाको निधन भयो। बुवाकै इच्छाअनुसार उनलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गरिदिनुभयो। ठमेल ४ वर्ष धाएपछि उनी दरबार हाइस्कुलमा पढ्न थाले। त्यहाँ पनि संस्कृत नै पढे।

उनका साथीहरू अङ्ग्रेजी स्कुल जान्थे। उनलाई पनि अङ्ग्रेजी पढ्ने रहर थियो। टुपी पाल्नुपर्थ्यो। उनलाई भने टुप्पी नराख्न र बङ्गाली कट कपाल काट्न मन लाग्थ्यो। सधैं टोपी लगाएर हिँड्नुपर्थ्यो। सबै कुरा उनका इच्छाअनुसार थिएनन्। घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो।

बिहान भात खानुअघि चण्डीको किताब पूरै पढ्नुपर्थ्यो। किताब मोटो थियो। फुच्चे केटाका निम्ति त्यो कठिन थियो। उगले एक एक गर्दै बीचका पाना च्यात्दै गए। किताब निकै पातलो भयो। पछि त आमाले थाहा पाउनुभयो। सजाय दिनुभयो।

उनी ११ वर्षको भएपछि आमा पनि बित्नुभयो। उनका दिदीहरूमा विन्दु अधिकारी, जानुदेवी अर्याल, सप्तरूपा शर्मा, गीता ढकाल र गायत्री भूर्तेल हुनुहुन्थ्यो। उनी र विन्दु दिदीको उमेर डेढ वर्षमात्र फरक थियो। दिदी जानुदेवी पनि उनकी सहयोगी हुनुभयो। साहिँली सानिमा कमलालक्ष्मी ढकालले धेरै भरथेग गर्नुभयो। हेरविचार गर्नुभयो।

आमाको निधनपछि उनी बढी स्वतन्त्र भएँ। अङ्ग्रेजी पढ्ने इच्छा पूरा हुने भो जस्तो लाग्यो। उनी पद्मोदय स्कुलमा कक्षा ५मा पढ्न थाले। आफैं गएर भर्ना भए। वर्षभरिको ुफीु पनि पसलमा बाँकी राखेजस्तो राख्न मिल्थ्यो। उनले उधारोमा पढे। पास भए। स्कुल नै छाडे। शान्ति विद्यागृह गए। सरहरूले के(के सोधेर कक्षा ६मा पढ्न मिल्छ भने। त्यहाँ पनि फी नतिरी उधारोमा पढे। कक्षा ६मा पास भए। कक्षा ७ देखि पद्मोदयमा नै पढे। २०३२ सालमा पद्मोदयबाट एसएलसी दिए। २०३५मा थर्ड डिभिजनमा पास भए।

आमा बितेपछि अलि अप्ठ्यारोमा पर्दै गएका थिए। गैरीधारामा सगोलको घर थियो। बेचे। उनी त्यसबेला १७ १८ वर्षको थिए। एकजनाले मलाई जग्गा घर दिन्छु भनेर ५९ हजार रूपैयाँ लग्यो। उसले केही दिएन। मुद्दा लाग्यो। उनी र विन्दु दिदी भने त्यही झगडियाका घर नक्सालमा गएर बस्न थाले। एघार वर्ष मुद्दा धाए। बुवाआमा नभएको ठिटोलाई हेपेको बल्ल उगले थाहा पाए। हरिवंशको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो। त्यहाँ उनीहरूको जग्गा थियो। अहिले पनि छ। घरवारविहीन भए पनि त्यहीँको चामल, गहुँ ल्याएर खाए।

उनले एसएलसी दिएपछि पद्मोदयका साथी सुशीलका बुवा लक्ष्मीप्रसाद अधिकारीले मलाई जागीर दिलाईदिनुभयो। उनी रत्नराज्य स्कुलमा एकाउन्टेन्ट भए। महिनाको १ सय ३५ रूपैयाँ तलब पाउन थाले। यो २०३२को कुरा हो। विन्दु दिदी टंगाल स्कुलमा पढाउनुहुन्थ्यो। उनको तलब १ सय ७५ रूपैयाँ थियो। उनीचाहिँ घर खर्च भनेर १ सय रूपैयाँ दिदीलाई दिन्थे। ३५ रूपैयाँ आफैं खर्च गर्थे। रत्नराज्यमा एक वर्ष काम गरे। दिउँसो रत्नराज्यमा काम गरेर साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थे। उनलाई पनि नृत्य गर्ने इच्छा थियो। उक्त दलमा जैनेन्द्र लामा, खेलबहादुर लामा र कृष्णबहादुर लामा थिए। उनीहरूले नाच्न लानुभयो। म साह्रै दुब्लो थिए। नाच्न सुहाउँदैन भनेर उनलाई झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम दिइयो। त्यहाँ पैसा पाइँदैनथ्यो। दलमा काम गर्न पाउनु नै ठूलो कुरा थियो।

नक्साल बस्दा नाटककार जितेन्द्र महत अभिलाषी सधैं नक्सालमा हिँड्थे। उनलाई भेटेर नाटकमा खेलाउन आग्रह गरे। उनले नाचघर लानुभयो। त्यहाँ हरिले नाटक खेल्न थाले। त्यहाँ उनलाई तलब १ सय ७५ रूपैयाँ दिन थालियो। नाचघरमा जान थालेपछि भैरव दल छाडे। नाचघरमा राजारानी र राजपरिवारका सदस्य नाटक हेर्न आउँथे। नाचघरमा मैले अमरसिंह नाटकमा गोली लागेको अभिनय गरे। राजाका सचिव नारायणप्रसाद श्रेष्ठले नाचघरका मुख्य प्रबन्धक इन्द्रप्रसाद काफ्लेलाई, यो केटोको हो ? निकै राम्रो अभिनय गर्दो रहेछ, भन्नुभएछ। मुख्य प्रबन्धक काफ्लेले उनको तलबमा एक सय थपिदिए। त्यसपछि हाम्रो पनि कथा छ भन्ने नाटकमा हाँस्यपात्र बने। उनको अभिनय रानी ऐश्वर्यलाई खुब हाँस उठेछ। यो देखेर मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा फेरि एक सय थपिदिनुभयो। तलब ३ सय ७५ पुग्यो।

मदन दाइसँग संयुक्त कार्यक्रम गरेकै साल गाईजात्रा महोत्सवमा ‘यमलोक’ भन्ने कार्यक्रम देखायौं । त्यसको अडियो पनि निकालौं भन्ने सल्लाह भयो । तर कार्यक्रम आधा घन्टाको मात्रै थियो, अडियो क्यासेटमा दुईतिरै गरी एक घन्टाको कार्यक्रम चाहिन्थ्यो । त्यसैकारण ‘प्यारालाइसिस’ कार्यक्रम बनायौं । त्यसमा हामीले पञ्चायती व्यवस्थालाई केही व्यंग्य गरेका थियौं ।

न्याय–कानुन मरेर स्वर्गमा भेटिएको भन्ने कथा थियो । तर, त्यति गर्नु पनि त्यो समयमा ठूलो थियो । त्यो क्यासेट यति बिक्री भयो कि त्यसबाट जग्गा किनेर घरै बनाउन सक्यौं । हामी कमेडीमा सामाजिक र राजनीति विकृति चित्रण गथ्र्यौं । पत्रपत्रिका सबैले पढ्दैनथे, कतिलाई अल्छी पनि लाग्थ्यो । तर हामीचाहिँ हसाइ–हसाइ त्यही कुरा अभिव्यक्त गथ्र्यौं ।

त्यसैले हामीलाई नेताहरू गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराईलगायत नेताहरूले भन्नुहुन्थ्यो, ‘हामी अर्कै राजनीतिक गरिरहेका छौं, तपाईंहरू पनि आफ्नै खालको राजनीति गरिररहनुभएको छ ।’ उहाँहरूले हामीलाई कार्यक्रमहरूमा पनि बोलाउनुहुन्थ्यो । हामी पनि बहुदलको पक्षमा उभिएर कार्यक्रम गथ्र्यों । त्यससँगै हाम्रो कार्यक्रममा पनि सरकारले निगरानी गर्न थाल्यो । मेरो त जागिर नै गयो । जागिर खोस्नेलाई चाहिँ धन्यवाद नै दिनुपर्छ । किनकि, जागिर भनेको यस्तो चिज रहेछ, जसले मनोबललाई जहिले पनि घटाइरहँदो रहेछ । स्वतन्त्रता पनि नहुने, कहीँ जानुर्पयो भने पनि हाकिम रिसाउलान् भनेर जहिल्यै डराइरहनुपर्ने, कुण्ठित भइरहनुपर्ने । पिंजडामा राखेजस्तो अनुभूति हुन्थ्यो । अझ त्यो बेलामा अनुशासन पनि कडा थियो ।

त्यस्तो बेलामा हामीले पिस्कर हत्याकाण्डको विषय समेटेर ‘होस्टेहैंसे’ भन्ने कार्यक्रम बनाएका थियौं । त्यही निहुँमा मदन दाइ र मलाई पक्राउ गरियो । तर, हामीलाई समातेको थाहा पाउनेबित्तिकै विद्यार्थीहरूले आन्दोलन थाले । त्यसैले छोड्न बाध्य भए । हामी धनकुटा कार्यक्रममा पुगेको बेला थाहा भयो, मेरो जागिर खोसिएछ । मदन दाइको चाहिँ स्थायी जागिर थियो, त्यसैले स्पष्टीकरणमात्रै सोधिएको थियो ।

तर उहाँले पनि जागिर छोड्नुभयो । त्यसपछि हामीले आफ्नै अफिस सुरु गर्यौं । त्यही बसेर कार्यक्रम बनाउन थाल्यौं । त्यसैबेला बनाइएको ‘विज्ञापन’ नाटक हामीले ३ सय ७६ पटक देखायौं । त्यसपछि कति नाटक देखाउने, केही कामै गर्न नसकिने भयो भिडियो खिच्यौं र हाइभिजन हलमा देखायौं । नेपाल टेलिभिजन आएपछि हामी टेलिफिल्ममा केन्द्रित भयौं ।

जसमा जनचेतना प्रधान थियो । तर त्यसमा हामीले कमेडीलाई मिसायौं । त्यसैलाई सबैले मन पराए । हामीले सिनेमाचाहिँ त्यति धेरै बनाउन सकेनौं । सिनेमामा पैसा र समय पनि धेरै खर्च गर्नुपर्छ । त्यसमाथि सिनेमा चलाउन धेरैतिर धाउनुपर्ने, चाकडी गर्नुपर्ने, हामीलाई आफ्नै काममा फुर्सद थिएन । अहिले पनि छैन । भर्खरै अमेरिका र युरोपियन देशमा कार्यक्रम गरेर फर्कियौं । तर पछिल्लो समयमा कमेडी सिनेमाको बजार राम्रो भएको छ । त्यसैले हामी पनि सिनेमा बनाउने योजनामा छौं ।

Leave a Reply