‘चपली हाइट ३’मा स्वस्तिमा

0

अर्जुन कुमारको निर्माणमा तयार हुन लागेको चलचित्र ‘चपली हाइट ३’को घोषणा चाडै नै हुँदैछ । यो चलचित्रका लागि कलाकारको फाइनल गरिसकिएको छ । तर, निर्माणपक्षले भने कलाकारको बारेमा केही पनि बताएको छैन ।

यसैविच,हामीलाई प्राप्त खबर अनुसार यो चलचित्रका लागि नायिका स्वस्तिमा खड्का फाइनल भएकी छिन् । उनी चलचित्र बुलबुलमा अभिनय गरेर चर्चामा आएकी हुन् । चपली हाइट–३ मा अनुबन्ध भएकी छिन् । उक्त चलचित्रमा निकेश खड्काको लगानी रहने छ ।

अन्य कलाकारहरुमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, प्रतिक श्रेष्ठ अमिर गौतम रहेका छन् ।

Leave a Reply