दशैंमा कम मूल्यका कार किन्ने सोच्नु भएको छ ? यी हुन् ६ विकल्प

0

विश्वको चर्चित ब्रान्डका सवारीसाधन नेपाल भित्रने प्रतिस्पर्धा केही समय यता चलेको छ। नेपालमा विभिन्न चर्चित ब्रान्डका निजी साना सवारीसाधन खरिद गर्नेको संख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। नेपालमा ती चर्चित ब्रान्डमा सवारी भित्त्याउने कम्पनीहरूले विभिन्न अफर दिएर साना सवारीसाधन बिक्रीवितरण गर्ने गरेको भए पनि यस्ता सवारीसाधनमा आउने खराबीका बारेमा भने उनीहरूले सकेसम्म ढाकछोप गरिरहेको पाइन्छ। यसपटकको दशैं अफर भनेर आकर्षक पुरस्कार र बम्पर योजना सार्वजनिक गरेको थियो।

दुइपाङ्ग्रे सवारीबाट चार पाङ्ग्रेमा उक्लन चाहाने मध्यम वर्गिय उपभोक्ता प्रायः सस्तो कारको खोजीमा लाग्ने गर्छन् । कार खरिद गर्ने क्रममा उनीहरुमा एक प्रकारको दुविधा हुने गरेको छ । मोटरसाइकल छाडेपछि कुन कार किन्ने ? यसरी सिफ्ट हुने अधिकांसले इन्ट्री लेवलका कार खरिद गर्ने गरेका छन् । त्यसमा पनि सस्तो तथा माइलेज धेरै दिने कार धेरैको रोजाइमा पर्छ ।

नेपालमा भारतीयदेखि विश्वका चर्चित ब्राण्डका कारसम्म उपलब्ध रहेका छन् । यद्यपी नेपाली बजारमा भारतमा उत्पादित कार नै सस्तो हुने गरेको छ । यसैबीच नेपाली बजारमा उपलब्ध कम मूल्यका कारको विषयमा हामी जानकारी दिदैछौं ।

मारुती सुजुकी अल्टो, वागेनआर

मारुतीले नेपाली बजारमा बिक्री गर्दै आएको अल्टो एसटीडी नेपाली बजारमा पाइने सबैभन्दा सस्तो कार हो, जसको मूल्य १८ लाख ९९ हजार रहेको छ भने, अल्टो एलएक्सआईको मूल्य २० लाख ९९ हजार र अल्टो के १० भिएक्सआईको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ । यस्तै, मारुती सुजुकी कै वागेन आर भिएक्सआई अप्सनलको १।० लिटरको २४ लाख ९९ हजार रुपैयाँमा बिक्री हुदै आएको छ ।

टाटा टियागो

नेपालमा बिक्री हुदै आएको टाटा टियागोको एक्सई भेरियन्ट सस्तो कारको सूचीमा पर्ने गर्छ । ११९९ सीसी इन्जिन क्षमता इन्जिन रहेको यस कारको सुरुवाति मूल्य २१ लाख ५५ हजार रुपैयाँ रहेको छ । यसमा उपलब्ध इन्जिनले ८३।८३ बीएच पावर र ११४ एनएम टर्क उत्पादन गर्छ ।

फोर्ड फिगो एम्बीएन्ट

फोर्डको फिगो एम्बीएन्ट एमटी ह्याचब्याक २४ लाख ९९ हजारमा बिक्री भैरहेको छ । २५ लाख मूल्यसम्मको सस्तो मोडलको सूचीमा परेको यस ह्याचब्याक कारमा ११९४ सीसीको इन्जिन लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ९५ हर्ष पावरका साथै १२० एनएम टर्क उत्पादन गर्छ ।

रेनो क्वीड

नेपाली बजारमा उपलब्ध क्वीड पाँच भेरियन्टमा बिक्री भैरहेको छ । यसको लो भेरियन्टको मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँ रहेको छ भने, हाइ भेरियन्टको मूल्य २४ लाख ५८ हजार ५५६ रुपैयाँ रहेको छ । यसमा उपलब्ध ९९९ सीसीको इन्जिनले ६९ एचपी पावरका साथै ९६ एनएम टर्क उत्पादन गर्छ ।

हुन्डाई सेन्ट्रो

हुन्डाई सेन्ट्रो इरा र म्याग्ना सस्तो मूल्यका कारको सुचीमा परेका छन् । दुबै कारमा समान १०८६ सीसीको पेट्रोल इन्जिन लगाइएको छ । इराको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने, म्याग्नाको मूल्य २५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

ड्याटशन रेडिगो

ड्याटशनले २५ लाख मूल्यसम्मका तीन कारको बिक्री गर्दै आएको छ । ७९९ सीसीको गो टी ९०० को मूल्य १९ लाख ९९ हजार, ९९९ सीसीको गो टी ९०० २१ लाख ९९ हजार र ११९८ सीसीको न्यु गोको मूल्य २५ लाख ९९ हजार रुपैयाँमा बिक्री हुर्दै आएको छ ।

Leave a Reply