सेनाको जागिर छोडेर बाख्रा पालन गर्दै वाइबा

0

भनिन्छ तिनै मान्छे सफल हुन्छन् । जस्ले जोखिम मोल्ने हिम्मत गर्दछन् । सरकारी जागिर खान मान्छे बहुत मेहनत गर्दछन् । तर उसमान श्रेष्ठ यस्ता पात्र हुन् जस्ले खाइरहेको सेनाको काम राजिनामा बुझाएर बाख्रा पालनमा हुमिए । धेरै मानिसको सोच हुन्छ कि सेनामा एक चोटि मात्र प्रवेश गरौं ।

वाइबाको घर मकवानपुरको हेटौडा १९ हो। आज भन्दा १ वर्ष अघिसम्म नेपाली सेनामा काम गर्थे। त्यसबाट राजीनामा दिएर अहिले आफ्नो फार्ममा बाख्रा पालेका छन्। खोरमा सानो र ठुलो गरी ७० वटा बाख्राहरू छन्। उनले बोएर क्रस पनि उत्पादन गर्दै छन्। शुभयात्राको इमेलमा भिडियो पठाउँदै उनले नेपालमा बाख्रा पालन गर्न चाहनेहरूको लागि केही सुझावहरू दिएका छन्। विदेशबाट फर्किएर नेपालमा बाख्रा पालन गर्ने बारेमा सोच्दै हुनुहुन्छ भने यो जानकारी तपाईँको लागि उपयुक्त हुन सक्छ।

उसमानले दिएका केही सुझावहरू

बाख्रा पालन कसरी गर्ने भनेर तालिम लिनुभन्दा पहिला के के खर्च हुन्छ भनेर योजना बनाउनुपर्छ। पैसाले व्यवसायलाई सबैभन्दा धेरै प्रभावित पार्ने भएकाले पनि यो गर्न निकै जरुरी छ। खोरलाई यति तथा बाख्रालाई यति भनेर स्थान छुट्ट्याउनुपर्छ।

बाख्रालाई बोयर कसरी गर्ने भन्ने प्रतिशत मिलाउनुपर्छ। सँगसँगै सुरु गर्ने बेलामा लगानी भरसक कम गर्नुपर्छ। एकैपल्ट धेरै लगानी गरिहाल्नुहुँदैन। करिब २ वर्षको लागि लगानी सुरुमा नै छुट्ट्याउनुपर्छ। दाना तथा उपचारमा धेरै खर्च लाग्न सक्छ त्यसको पनि राम्रोसँग तयारी गर्नुपर्छ।

व्यवसायको सुरुवातमै लगानी गर्छु अनि कसैलाई काममा राख्छु भन्ने सोच्नु हुँदैन। आफू पनि काममा खटिनुपर्छ। काम गर्ने मान्छे मात्र राखेर बाख्रा पाल्छु भन्ने मान्छेको यो क्षेत्रमा काम छैन। साथै यो काम सुरु गरेपछि अनुदान पाइन्छ भनेर पनि आउनुहुँदैन।

यो पेशामा धेरै गाह्रो छ। इन्टरनेटमा धेरै राम्रो देखिन्छ। तर वास्तविक्तामा त्यस्तो छैन। घाटामा जान सक्छ। साथै ३ वर्षभन्दा यतामा नाफा गाह्रो हुन्छ।

पाठीबाट भन्दा पनि माउबाट क्रस गरायो भने राम्रो हुन्छ। पहिलो वर्षमा नै मैले ४ लाख भन्दा बढीमा बेचिसकेँ।

Leave a Reply