बिश्वकौ अनौठो जुत्ता , मुल्य सुन्दा अचम्म

0

बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन्। यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन्।

“रेड डाइमण्ड अबाया गाउन’ नाम दिइएको उक्त गाउनमा २ हजारभन्दा बढी हिरा जडित थिए भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो जसको मूल्य १ दशमलव ५४ करोड डलर राखिएको थियो।

हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ। साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ यसको मूल्य १ दशमलव ५१ करोड डलर राखिएको छ।

यिनीहरु एउटै जुत्ताको मूल्य १२ दशमलव ८ लाख अमेरिकी डलर पर्दछ। यस जुत्ताको चेन र सोल सुनको छ। छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ। त्यस्तै नाइकीको सह संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो। तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्।

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए। यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो। लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।

Leave a Reply