युवा बिना देशमा समृद्धिमा असम्भव छ : नेता सुमन पाण्डे

0

नेपाल बिधार्थी संघका नि.वर्तमान केन्द्रीय सदस्य सुमन पाण्डेले देशमा समृद्धि ल्याउन युवा जनशक्ति खाँचो रहेको बताएका छन् ।  global youth alliance द्रारा आयोजित युवा र राजनीतिक बिचार गोष्ठी कार्यक्रमको सभापतित्व समेत गर्नु भएको युवा नेता पाण्डेले युवालाइ खाडीमा पठाएर समृद्धि नेपाल र शुखी नेपालीको आशा गर्नु कल्पना भन्दा बाहिरको कुरा रहेको अठोट गरेको थिए ।

युवा र राजनीतिक बिचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको उप सभापति बिमलेन्द्र निधि साथै सम्पूर्ण विशिष्ट अतिथि को उपस्थिति रहेको थियो । सो अबसरमा प्रमुख अतिथि पुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसको उप सभापति बिमलेन्द्र निधिले देश चलाउन सिङ्गापुरबाट पाईदैन भन्ने आरोप लगाउँदै उनले भने कम्युनिष्ट सरकारले जनतालाई दुःख दिनलाई मात्र रहेको कुरा प्रष्ट गरेको थिए। सो अबसरमा नेपाली बिधार्थी संघका नि बर्तमान केन्द्रीय अध्यक्ष नैन सिंह महर नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एन पी साउद ,रामहरि खतिवडा नेपाल बिधार्थी संघका नि बर्तमान सह महामन्त्री प्रेमराजा जोशी लगायतका नेताहरूले आआफ्नो धारणा राखेको नेपाल बिधार्थी संघ काभ्रेको सह सचिब प्रेम थोकरले जनकारी दिएका छन् ।

Leave a Reply