केटाहरुको लिंग काटिदिनुपर्छ : ज्योती मगर

0

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । पछी उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् । विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ढाडे बिबिरालो नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेकी छिन् । स्रोत नखुलेकोे त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्ृ । स्रोत नखुलेकोे तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

मगर, लोक तथा दोहोरी गीतकी चर्चित गायिका तथा मोडल हुन् । भलै, उनको चर्चा कहिले सकारात्मक किसिमले हुन्छ त कहिले नकारात्मक किसिमले । यद्यपी, ज्योतीलाई नजिकबाट बुझ्ने सहकर्मीहरुले ज्योतीलाई वास्तबमा राम्रो कलाकार भएको टिप्पणी गर्ने गरेका छन् ।
मोडलिङ तथा गायनमा वर्षौदेखी सक्रिय ज्योती आफ्ना विषयमा बजारमा चल्ने हल्लाको पछि कहिल्यै नलाग्ने गरेको बताइन् । उनी भन्छिन्, ‘आफ्नो तर्फवाट सधै राम्रो काम गर्नुपर्छ, अरुले के भन्छन् र के गर्छन् भन्ने कुराको मैले खासै मतलब राख्दिँन ।’ दर्शकलाई मनोरन्जन चाहिएकाले आफुले दर्शकका लागि फरक किसिमले मनोरन्जन प्रदान गरिरहेको उनले बताइन् ।

हालै ज्योतीले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा विशेष धारणा राखेकी छिन् । ज्योतीले भनिन्, ‘बलात्कारको कारण त बलात्कार जसले गर्छ उनिहरुलाई सोध्नुस्, तर बलात्कार घटाउन के गर्ने ? त्यसको समाधान गर्ने एउटा उपाय मसँग पनि छ ।’

मन मिलेको खण्डमा जे गर्नुस्, तर मन मिल्दैन भने कसैलाई जर्बजस्ती नगर्नुस्, ज्योतीले भनिन्, ‘यदि त्यसो गर्नुभयो भने प्रतिफल चाँडै मिल्नेछ ।’ उनले नेपालमा बलात्कार जस्तो जघन्य अपराधलाई सरकारले गम्भिर मुद्धाको रुपमा लिन नसकेकोमा दुःख मानेकी छिन् । ‘बलात्कारपछि पीडक समाजमा खुलेआम हिड्छ अनि कसरी रोकिन्छन् घटना ?, भनिन्, ‘बलात्कारीले नै मेरो मान्छे नेतृत्वमा छ भन्दै हिड्छ र प्रशासन कार्यालयमा मिलाउने भन्दै हिडेपछि कसरी रोकिन्छ ?

Leave a Reply