चन्द्रागिरी केवलकारलाई २० लाख जरिवाना

0
Cable car service rolled out in Chandragiri hill, a famous tourist destination on the outskirts of Kathmandu, on Wednesday, August 21, 2016. Photo: RSS

वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने २ दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ ।

मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो । त्यस्ता उद्योग र अस्पताललाई वातावरण संरक्षण ऐन, २०५३ अनुसार रु २५ हजारदेखि २० लाखसम्म दण्ड–जरिवाना गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले चन्द्रागिरि हिल्स लिमिटेड चन्द्रागिरी केबुलकारलाई २० लाख दण्ड जरिवाना गरेको छ । यस्तै, क्रिष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्ज सेन्टर, काठमाडौँ मेडिकल कलेज, काठमाडौँ भ्याली अस्पताल, अल्का अस्पताल प्रालि, खनाल गिट्टी बालुवा प्रालि तनहुँ, चितवन मेडिकल कलेज, चण्डिका डिस्टिलरी प्रालि मोरङ, नोबल हस्पिटल प्रालिलाई जनही ९० हजार रुपैयाँ दण्ड, जरिवाना गरेको छ ।

Leave a Reply