अनावश्यक रुपमा मोटाएका कारण नेपाली सैनिकको बढुवा र शान्ति मिसन रोकियो

0

शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ। बिएमआई अर्थात् “बडी” मास इन्डेक्सु अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो।

प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुने पालो आएका उनीहरूको बिएमआई (बडी मास इन्डेक्स) प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो । सेनामा बढुवा हुन बिएमआई अनिवार्य हुनुपर्ने प्रावधान छ ।

सैनिक स्रोतका अनुसार बिएमआई नमिलेका कारण ४ जना सैनिक अधिकृत शान्ति सेना जानबाट वञ्चित भएका छन् । उनीहरूमध्ये दुईजना युएन स्टाफ र दुईजना पर्यवेक्षकका रूपमा जान लागेका थिए ।

नेपाली सेनामा सैनिक जवानदेखि रथीसम्मका उच्च अधिकारीहरूका लागि बिएमआई अनिवार्य गरिएको सेनाले जनाएको छ । जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे,अल्छी र अस्वस्थ हुन थालेपछि यस्तो प्रावधान लागू गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ हुनका लागि बिएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply