रसुवाको राजनीतिमा शान्तीको ‘रेकर्ड ब्रेक’

0

रसुवाको राजनीतिमा शान्ती तमाङ चिर परिचित नाम हो । रसुवाको कुनै छोरी चेलीले यति अग्लो स्थान पाएका छैनन् । जुन स्थानमा अहिले उनी छिन् ।
यहीको राजनीतिले जन्माएको चेली हुन् सरस्वती खड्का । जो अहिले कीर्तिपुर नगरपालिका हाक्दैछिन् ।
अथाह सम्भवनाको खानी रसुवा आज पनि बत्तिमुनीकै अध्यारोको नियती भोगेर हासिरहेछ । यो यस्तो दूर्गम जिल्ला । जहाँबाट सक्रिय राजनीतिमा होमिने महिलाको संख्या औंलामा गन्न सकिने अबस्था छ अहिले पनि ।
विद्यार्थी कालदेखि नै अखिलको झण्डामुनि आइपुगेकी शान्ती तमाङ कठिन परिस्थितीमा पनि छाडिनन् राजनीति र त आज उनी जिल्लाकै पहिलो महिला माननीयको रुपमा आफ्नो नाम लेखाउन सफल छिन् ।
शान्तीका जीवनका यी तीन दशक गुर्जादासम्ममा धेरै चीजहरु रेकर्ड ब्रेक गरेकी छिन् । पहिलो महिला सांसद, अखिल,अनेमसंघको नेतृ मात्र होइन उनी स्कुले जीवनमा प्रायश प्रथम भएर रेकर्ड राखेकी हुन् ।
जीवन नियमले होइन,संयोगले चल्दछ ।
संयोग रसुवाबाट समानुपातिक कोटामा उम्मेद्धार बनायो तत्कालीन एमालेले उनलाई ।
र चुन्यो समानुपातिक कोटामा ।
देख्ने र भन्नेहरु त भनिदिन्छन् माननीयलाई के को दुख ?
तर उनी आम मान्छेभन्दा बढी नै दुखको पहाड बोकेर हिडिरहेकी भेटिन्छिन् । कहिले रसुवाबाट हेटौंडातिर । कहिले हेटौंडाबाट कीर्तिपुरतिर ।
एकातिर हेर्नुछ जिल्ला । विकास निर्माणमा पछि परेको रसुवाको फेर्नुछ मुहार । अर्काेतिर संसदको बैठकमा पुग्नुछ । उठाउनु छ जनताका एजेण्डा ।
सम्हाल्नुछ घरबार । अझैं अघि बढाउनुछ अध्ययनको गति ।
अहिले पनि समानुपातिकको नाम र प्रथाप्रति पनि उत्ति खुस छैन उनको दिल ।
सुनाइन्,महिलालाई स्थान त दिएको छ तर काम गर्ने अवसर भने अझै दिएको छैन् । केहि कुरामा होच्याउन परेको खण्डमा समानुपातिक कोटाबाट आएको हो भनेर होच्याउँदा उनको दिल दुख्छ ।
फ्ल्यासव्याक
३१ बर्ष अघि जन्मिएकी हुन उनी लाल बहादुर र न्हेमासाङ तमाङको कोखबाट । रसुवा जिल्लाको कालिकास्थानमा ।
स्वभाव सानैदेखि पुरुषको जस्तै । हक्की ।
बुबा आमाले धेरै मिहिनेत गरेर पढाए । बुबाआमाको त्यो संघर्षलाई त्यतिकै फाल्न दिइनन् उनले । त्यही कारण हो उनी प्रायश प्रथम नै भइन ।

शान्ती थिङ,
प्रदेशसभा सदस्य,प्रदेश नं ३

बीचमा अखिल,अनेमसंघ हुँदै शिक्षण पेशा अगालिन ।
र मोडिन पाइला । एकैपटक शिक्षण पेशा त्यागेर राजनीतिमा होमिइन् ।
यी सम्भवना बोकेकी नेतृलाई हाम्रो जिज्ञासाथ्यो शिक्षण पेशाबाट एकै पटक राजनीतिमा कसरी तानिनुभयो ?
सुनाइन्,शुरुमा जान अन्जानमा राजनीतिमा लागें । अखिलको प्रारभ्भिक कमिटि गठन हुँदा अग्रजहरुको आँखामा परिन् । र प्रारभ्भिक कमिटि हुँदै राजनीतिक कोर्स अघि बढाइनन् ।
यो बीचमा विद्यालय प्रशासनका गतिविधी, समाजका अनेकन विभेद,जातीय विभेद,महिला माथिको थिचोमिचो अत्याचार देखिन् । तिनका हक हितका लागि बोल्नै पर्दछ र लड्नै पर्दछ भन्ने कुराले उनको दिमागमा क्लिक गर्यो । त्यसका लागि गतिलो अस्त्र हुनसक्छ भन्ने ठानेरै होमिएकी हुँ राजनीतिमा ।

प्रदेशसभा सांसद बन्नुभएको डेढ बर्ष व्यतित भइसकेको छ । कसरी बित्यो डेढ बर्ष ?

संघीयता हाम्रो लागि नयाँ अभ्यास हो । यो शुरुवाती चरणमै प्रदेशसभा सांसदको जिम्मेवारी पाए । यो मेरो पहिलो अनुभव हो । धेरै कुरा सिक्दै छु । धेरै कुराहरु सिक्न बाँकी नै छ । यो त्रीचमा विविध बाधा अड्चनहरु पनि नआएका होइनन् । जस्तो हिजो म शिक्षक तथा एउटा कार्यकर्ता हुदाँ नेताहरुलाई गाली गर्दाको अबस्था र आजको अबस्था धेरै भिन्तता पाए । आज यो स्थानमा आए पछि धेरै कुराहरु भोग्दैछु । विकास निर्माणका कामहरु तिव्रतर गतिमा अघि बढाउछु भनेर काम गर्न खोज्दा अघि आइपर्ने कानुनी अड्चन,मुलुक संघीयतामा गए पनि कर्मचारीहरुकै उही पूरातन मानसिकता र सरकारी प्रणाली । आज हुने काम पनि भोली भनेर। पन्छाइने प्रवृत्ति । सानो काम फत्ते गर्न पनि अनेक व्इवधानहरु बेहोर्नु पर्नै रहेछ ।
प्रदेशको राजधानीमा अझैं लफडा छ । किन ?

सबै माननीयहरुलाई आफ्नै सेन्टर खोजिरहनुभएको छ । त्यहाँ कोहीभन्दा कोही कमिका हुनुहुन्न । केही अनुभवी पहिला नै सांसद भएका,संघका माननीय भइसक्नुभएकाहरु पनि हुनुहुन्छ । उमेर,शक्तिका हिसाबले पनि कोही भन्दा कोही कम्तीका छैनन् । त्यही कारण पनि लफडा चलिरहेको हो ।

कानुन निर्माणका क्रममा पनि अन्य प्रदेशभन्दा ३ नम्बर प्रदेश पछाडि देखियो । कारण के हो ?

हाम्रो प्रदेशले ९९ वटा विद्ययेक पारित गर्नुपर्ने छ आन्तरिक मामिला सहित जोड्दा । गत आर्थिक बर्षमा ३२ वटा विद्येयक सदनमा पशे गरेकामा २८ वटा विद्येयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।

यो आर्थिक बर्षमा रसुवा जिल्लाका लागि के कस्ता योजनाहरु परे ?

रसुवा जिल्ला प्रचुर सम्भ्वना भएको जिल्ला हो । यो प्रदेश नम्बर तीन भित्रकै सबैभन्दा बढी प्राकृतिक सम्पत्ति भएको जिल्ला हो । चीनसँग सीमा जोडिएका कारण र रेलमार्गको बिषयमा समेत रसुवा जिल्ला चर्चित छ । अहिले हामीले यातायातकै क्षेत्रमा अलि फोकस गरेका छौं । भौगोलिक हिसाबले यातायातको क्षेत्रमा केही कठिनाईहरु छन् । त्यस कारण पहिलो प्राथमिकता यातायात,दोश्रोमा शिक्षा र स्वास्थ्य,खानेपानी,पर्यटन,जडिबुटी,जलविद्युतको क्षेत्रलाई अलि बढी फोकस गरेका हौं ।

प्रचुर सम्भवना बोकेको जिल्ला तर सोचेजति विकास हुन नसक्नुको कारण के हो ?

केन्द्रबाट प्रदेश प्रदेशबाट अञ्चंल हुँदै जिल्ला जिल्लामा बजेट छुट्टाइदा सानो आकारको बजेटमात्र भाग पर्दछ । त्यही सीमित बजेटले सबै क्षेत्रलाई समेट्नु पर्ने बाध्यता छ । त्यही सानो बजेटले प्रत्येक गाउँपालिका,त्यही भित्रका सबै वडामा भागबण्डा लगाउन पर्ने हुन्छ । यसरी कनिका छरेजस्तो गरी बजेट छरिदा हात्तीको मुखमा जिरा भनेझैं भइदिन्छ । खासै प्रभावकारी काम हुन सक्दैन् । र सकेको पनि छैन् ।

प्रस्तुति : महेश्वर गजुरेल

Leave a Reply