ग्रील तथा स्टील ब्यवसायी संघ, मोरङमा ढकाल

0

ग्रील तथा स्टील व्यवसायी संघ मोरङको अध्यक्षमा विनोद ढकाल निर्वाचित भएका छन् । ग्रील तथा स्टील ब्यवसायी संघ मोरङले बिराटनगरमा आयोजना गरेको दोश्रो अधिबेशनबाट उनी अध्यक्षमा चुनिएका हुन् ।

सो अधिवेशनबाट ढकालको अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा आई बी राई, सुभाष राजबंशी, शिवराज राजबंशी चयन भएका छन् । यस्तै सचिवमा बद्रीनारायण राजबंशी , कोषाध्यक्ष बिरेन्द्र कुमार राजबंशी, सहसचिव रमेश महतो र सदस्यहरुमा गंगाराम कामत,रामनारायण चौधरी, दिलिप कुमार साफी, रामगोपाल राजबंशी, चन्दन सुखिया, दिनेश ठाकुर, बुद्धिमान तामाङ र मोहमद समिनन चुनिएका छन् ।

अधिवेशनको उद्घाटन ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले गरे । उद्घाट सत्रमा बोल्दै अध्यक्ष कटुवालले सबै ग्रील तथा स्टील ब्यवसायीहरुलाई सरकारले ल्याएको नीति र नियममा व्यवस्थित र मर्यादित भएर काम गर्न आग्रह समेत गरे । उनले हालै सरकारले ल्याएको नीति नियमहरु न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षाकोषमा सहभागी हुनुको बिकल्प नभएको बताउँदै सबै ब्यवसायीहरुले ग्रील उधोगलाई नयां प्रबिधिको प्रयोग गरि उत्पादकत्व बृद्धि गर्न र स्वस्थ्य प्रतिष्पर्धा भई काम गर्न निर्देशन गरे ।

कटुवालले देशभरि ११ हजार भन्दा बढी ग्रील तथा स्टील उधोग ब्यवसायीहरु रहेको र सो उद्योगले १ लाख ६५ हजारलाई रोजगारी दिदै आईरहेको स्मरण गराउँदै बार्षिक ५० अर्वको कारोबार गर्ने गरेको प्रष्टाए ।

जिल्ला अध्यक्ष बिनोद ढकालको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा नेपाल घरेलु तथा साना उधोग महासंघ महिला सभापति अन्जु उपाध्याय मोरङ उधोग संगठनका अध्यक्ष भिम घिमिरे लगायतका ब्यक्तिीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply