शरीरको यी स्थानमा कोठी छ भने तपाई अत्यन्त भाग्यमानी व्यक्ति

0

शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बताउदै छौ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ । कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।

यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।

देब्रे(बायाँ) आँखा : यसमा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ ।

दाहिने गला : यसमा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।

देब्रे गला : यसमा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।

ओठ : यसमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ ।

कान : यसमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।

गर्धन :  यसमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।

नाकमा कोठीः  नाकमा कोठी भएका मानिसहरु आफ्नो करियरमा निकै प्रगति गर्ने गर्दछन् । प्रगति ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

चिउँडोमा कोठीः चिउँडोमा कोठी भएका मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ ।

हत्केलाको कोठीः ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने ।

पिठ्युँमा कोठीः जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ उनका सन्तानले निकै माया गर्ने गर्दछन् ।

Leave a Reply