ग्रील तथा स्टिल व्यवसायमा संलग्न व्यवसायीका लागी सुरक्षासम्बन्धी तालिम सुरु

0

सीटीईभीटीले काठमाडौंलगायत देशभर ग्रील तथा स्टिल व्यवसायमा संलग्न व्यवसायी र श्रमिकहरुका लागि आजबाट व्यवसायजन्य सुरक्षासम्बन्धी तालिम सुरु गरिएको छ ।

ग्रील तथा स्टिल व्यवसायमा संलग्न श्रमिकहरु दक्षताको अभावका कारण दुर्घटनामा पर्न थालेपछि सीटीईभीटीले श्रमिक र व्यवसायीहरुका लागि सचेतनामुलक तालिम आयोजना गरेको हो ।

तालिममा उपकरणको सहि उपयोग र सम्भावित दुर्घटनावाट कसरी जोगिने भन्नेबारे यस व्यवसायमा सलग्न मजदुरहरुलाई तालिम दिइने सीटीईभीटीका निर्देशक टेक वहादुर मल्लले बताए ।

उनले ग्रील व्यवसायलाई प्रतिष्पर्धी र रोजगारमुलक बनाउने लक्ष सीटीईभीटीको रहेको पनि बताए । तालिममा उपत्यकाका विभिन्न ग्रील व्यवसायी र श्रमिकहरुको सहभागिता रहेको छ । गत वर्ष मात्रै ग्रील र स्टिलसम्बन्धी कामको सिलसिलामा ५३ जनाको कामदारको मृत्यु भएको थियो ।

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले सामान्य सुरक्षामा समेत ध्यान नदिएका कारण ती श्रमिकहरुले ज्यान गुमाउनुपरेको तथ्यांक सार्वजनिक गरेका हुन्।

श्रमिकहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ग्रिल व्यवसाय जोखिमपूर्ण भएकाले सावधानीका साथ काम गर्न पनि त्यसमा कार्यरत श्रमिकहरुलाई सचेत गराए। अध्यक्ष कटुवालले हातमा पञ्जा लगाउने, आँखामा चश्मा लगाउने जस्ता सामान्य सावधानी नअपनाउँदा पनि ग्रिलमा काम गर्ने श्रमिकहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सचेत गराउन प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्नुपरेको स्पष्ट पारे।

महासंघले ग्रिल श्रमिकहरुको सुरक्षाका लागि पनि देशभर यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि तय गरेको छ। अध्यक्ष कटुवालले ग्रीलका कार्यरत श्रमिकहरुको जीवन र उनीहरुले आर्जन गरेका धनको सुरक्षा गर्न पनि महासंघले उनीहरुको जीवन रक्षाका लागि सावधानी अपनाउन सघाउ पु¥याउने उद्देश्यका साथ प्रशिक्षण लगायतका चेतनामूलक कार्यक्रम संचालन गर्ने कामलाई अघि बढाइएको पनि स्पष्ट पारे।

Leave a Reply