पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने कुराले गम्भीर विकृति निम्त्याउँछ : उद्योगी विनोद चौधरी

0

आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पैत्रिक सम्पत्तिमा कर लगाए त्यसले गम्भीर विकृति निम्त्याउने चेतावनी दिएका छन्। उनले विकास खर्च र साधारण खर्चको अनुपातमा पुनरावलोकन गर्न पनि आग्रह गरे ।

सांसद चौधरीले निर्यात घट्दै गएको भन्दै व्यापार घाटा कम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘पैतृक सम्पत्ति हस्तान्तरणमा समेत कर लगाउने कुरा आएका छन्, यो हल्ला मात्र होला त्यसमै सीमित होस्, पैतृक सम्पत्तिमा कर लगाउने कुराले गम्भीर विकृति जन्माउने निश्चित छ । यसले नयाँ सामाजिक चुनौती निम्त्याउने निश्चित छ,’ चौधरीले भने ।

सांसद चौधरीले भएका उद्योग धरासायी हुनेगरी कर नलगाउन समेत सरकरको ध्यानाकर्षण गराए । ‘धान्नै नसक्ने कर निर्धारण गर्दा निर्यात घट्ने तर्फ सरकारले सोचोस् । विकास र साधारण खर्चको अनुपातमा पुनरावलोकन गरोस् । ७५३ सरकारलाई डोजर र गाडी किन्ने नाममा भएका कर थोपर्दा उद्योग व्यापार धरासायी नहुन्’, चौधरीले भने ।

चौधरीले सातवटै क्षेत्रमा औद्योगित क्षेत्रमा खोल्ने कुरा भाषणमै सीमित भएको टिप्पणी गरे । ‘सातवटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने कुरा उद्घोषमै सीमित भए । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्रमा एउटा मात्र उद्योग खुलेको सुनिएको छ । भएका पूर्वाधारमा लगानीको वातावरण भएको भए उद्योग स्थापनाका लाइन लाग्थे’, उनले भने ।

पाँच वर्षको आँकडा हेर्दा निर्यात निश्चित रकमले घट्दो रहेको भन्दै कृषिजन्य बस्तुलाई प्रतिष्पर्धी बनाउन राज्यले खर्च गर्नुपर्ने चौधरीले बताए ।

Leave a Reply