दसैं बसको अग्रिम टिकट बुकिङ भदौ अन्तिममा साथै भाडा नबढ्ने

0

अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्थापन विभागबीच छलफल भइरहदाँ भदौको अन्तिम साताका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

छलफल सकारात्मक रूपले अघि बढेकोले यही महिनाको अन्तिममा अग्रिम टिकट खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए। हामी २५–२६ गते व्यवसायीहरुसँग बैठक बस्छौँ र त्यस लगत्तै दसैंको लागि अग्रिम टिकट खुल्छ,’ उनले भने। व्यवसायीहरुले दसैंअघि नै वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने माग भने अघि सारेका छन्। यद्यपी यस मागमा उनीहरु लचक रहेको विभागको दाबी छ।

‘यो वर्ष व्यवसायीहरु नम्र हुनुहुन्छ। उहाँहरुले अफ्नो समस्या राख्नु भएको छ र हामी त्यसको समाधान खोज्ने प्रयास गरिरहेका छौं’ हमालले सेतोपाटीसगँ भने ‘ हामी भाडाको किचलो हटाउन वैज्ञानिक भाडादर निर्धारण गर्ने क्रममा छौं। त्यसो भयो भने बजार अनुसार भाडा बढ्ने र घट्ने हुन्छ।’

दसैंका बेला सवारीसाधन व्यवस्थापन गर्ने विषयमा व्यवसायीबीच आन्तरिक र विभागसँग समेत छलफल भइरहेकोले छिट्टै टिकट बुकिङ खुल्ला गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए। साथै आसन्न दशैं–तिहार सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो ।

‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिनुभयो,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने,‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।

Leave a Reply