नयाँ आइफोनः तीनवटा फरक लेन्ससहितका क्यामेराहरु, यस्ता छन् विशेषता

0

टेक्नोलोजी क्षेत्रको दिग्गज कम्पनी एप्पलको लन्च इभेन्ट सुरु भएको छ । इभेन्ट जारी रहँदा एप्पलले अहिलेसम्म आइफोन ११, सिरिज ५ घडी, एप्पल आर्केड, एप्पल टिभी प्लस र नयाँ आइप्याड लन्च गरेको छ ।

मंगलवार अमेरिकी प्रविधि कम्पनी एप्पलले आईफोन ११ सिरिज सार्वजनिक गरेको छ । मंगलवार कम्पनीले क्यालिफोर्नियामा रहेको आफ्नो मुख्यालयमा आयोजित एक कार्यक्रममा उक्त सिरिजका तीन ओटा स्मार्टफोन सार्वजनिक गरेको हो । अहिले सार्वजनिक गरिएको आईफोनमा यसअघिको तुलनामा धेरै क्यामेरा छन् । साथै, केही मात्रामा छिटो पनि छन् ।

एप्पलले सार्वजनिक गरेको आईफोन ११ मा दुई ओटा क्यामेरा छन् । यसमा वाइड र टेलिफोटोका लागि लेन्सका साथै थप नाइटमोड हुनेछ, जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सकिन्छ । आईफोन एक्सआरको अपग्रेड भर्सन भनिएको यो स्मार्टफोनको ब्याट्री भने थप १ घण्टा बढी टिक्ने कम्पनीको दाबी छ । यो फोनको विश्वबजारमा ६९९ अमेरिकी डलरबाट मूल्य शुरू हुनेछ । यसको बुकिङ शुक्रवारदेखि शुरू हुने बताइएको छ । यसको डिस्प्ले ६ दशमलव १ इन्च छ ।
एप्पलको आईफोन ११ प्रो र आईफोन ११ प्रोम्याक्समा तीन ओटा क्यामेरा छन् । एप्पलको नयाँ आईओएस १३ प्लेटफर्ममा चल्ने यी फोनमा प्रो को डिस्प्ले ५ दशमलव ८ र प्रो म्याक्सको ६ दशमलव ५ इन्च छ । यी फोनमा पनि नाइट मोड रहेको छ, जसले गर्दा रातिको समयमा वा थोरै प्रकाश भएको ठाउँमा फोटो र भिडियो क्वालिटी राम्रो हुनेछ ।

यी फोनमा आईफोन एक्स म्याक्सको तुलनामा पाँच घण्टा बढीको ब्याट्री लाइफ हुने कम्पनीको दाबी छ । अहिले सार्वजनिक गरिएका तीन ओटै स्मार्टफोन फाइभजी मोडलमा भने आएका छैनन् । साथै, यसअघि आउनसक्ने हल्ला चलेका केही फिचर्स हराएका छन् ।

Leave a Reply