१०१ उत्कृष्ट शिक्षक पुरस्कृत हुँदै

0

देशभरका उत्कृष्ट १०१ जना शिक्षकलाई छनोट गर्दै पुरस्कृत गर्ने घोषणा गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षकलाई छनोट गर्दै मन्त्रालयले उनीहरूलाई सम्मान गर्ने घोषणा गरेको हो ।

सरकारले शिक्षक तथा प्रशिक्षक तथा प्राध्यापकलाई शिक्षा दिवस पदक, प्रमाणपत्र तथा प्रशंसापत्रद्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कारका लागि छनोट हुने शिक्षकहरूमा सामुदायिक विद्यालयतर्फ ७७ जना, संस्थागत विद्यालय तथा नेपाल स्काउटतर्फ ६ जना, विश्वविद्यालयतर्फका ११ जना र प्राविधिक शिक्षालयका ७ जना छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारूपमा आवेदन माग गरी उत्कृष्ट शिक्षकको छनोट गरिएको बताएको छ । मन्त्रालयले नामावली सार्वजनिक गर्दै नामावलीमा सामान्य हिज्जे, पद तथा श्रेणी, ठेगाना लगायत सच्याउनु परेमा यही भदौ मसान्तसम्मको अवधि दिएको छ ।

Leave a Reply