मध्यपुर अस्पतालका एक मनकारीको कथा

0

अस्पतालहरुको भीडका आफ्नो अलग पहिचान बनाउन सफल छ भक्तपुर अस्पताल । यो अस्पतालका सञ्चालकमध्येका एक हुन् बिष्णुराज कार्की ।
आजभन्दा ४५ बर्ष अघि बालकोट,भक्तपुरमा जन्मिएका हुन उनी बुबा श्यामबहादुर र आमा बिन्दुको कोखबाट । मध्यम बर्गीय परिवारमा । ३ कक्षासम्म सिद्धार्थ बोर्डिङ स्कूल,शान्ति निकेतन आवासीय मा.विबाट सात कक्षासम्म उत्र्तीण गरेपछि आदर्श मा.वि सानोठिमीबाट ०४७ सालमा एसएलसी पार गरे ।
बुवा आमा चाहन्थे छोरा राम्रो पढोस । तर उनको ध्यान र झुकावचाहिँ पढाईभन्दा खेलकुदपट्टी बढी । उनले पढाई र खेलकुदलाईसँग सँगै अघि बढाए त्यही कारण त उनी राष्ट्रिय बक्सिङ खेलाडी बनेरै छाडे ।
प्रविणता प्रमाण पत्र तह अध्ययनका लागि भर्ना भए रत्नराज्यलक्ष्मी कलेजमा । ०५१ मा प्रमाणपत्र तह उत्र्तीण गरे । स्नातक तह त्रिविविबाट ०५७ सालमा पार लगाए ।


कुनै समयका चर्चित खेलाडी । बिभिन्न किसिमका दबाव सहन नसकेर बन्द गरे । सामाजिक कर्ममा सक्रिय हुन थाले । बुवाको सिको गर्दै उनी सामाजिक कर्ममा होमिए । उनका पिता श्यामबहादुर गन्यमान्य समाजसेवी । शिक्षक,गाविस अध्यक्षसम्म बनेका व्यक्ति । आज श्यामबहादुरको भौतिक शरिर त छैन् तर उनको चर्चा र परिचर्चा चलिरहन्छ अहिले पनि भक्तपुरतिरका गाउँ बस्तीहरुमा । धेरैका घरबार र घर झगडा मिलाएका थिए । न्याय निशाफ दिलाएका थिए । दयाका सागरका रुपमा चिनिन्थे उनी । पढ्न नपाएका गरिबका बच्चाहरुलाई आर्थिक सहयोग गरेर शिक्षा दिक्षा दिलाएका थिए । सबैका आँखाका नानी थिए उनी ।


पिताकै लय समातेर उनी रेडक्रसतिर होमिए । शिक्षण पेशा अंगाले केही समय । जुनियर रेडक्रस सोसाइटीका अध्यक्ष बनेर सामाजिक कर्ममा हेलिए ।
सबैले बुबाको प्रशशा गरेको सुन्दा उनलाई पनि पिताकै पथमा हड्नि मन लाग्यो । तर यिनै प्रिय व्यक्तिको उपचारका क्रममा विष्णुहरुले धेरै हण्डर र ठक्कर खाए । नेपालका नामी अस्पताल र डाक्टरकहाँ लैजादा समेत रोग पत्ता लाग्न सकेन । उपचारका लागि इण्डिया पु¥याइयो तर बचाउन सकिएन् ।
बुवाले देह त्याग गरेसँगै विष्णुको दिमागमा एउटै कुराले हिकाईरह्यो यो ठाउँमा एउटा अस्पताल खोल्न पाए मेरो पिताजीझैं अकालमा अरुका आफन्त गुम्ने थिएनन् ।
त्यही पछि त्यहाँका गन्यमान्यसँग सर सल्लाह गरे । तन मन मिल्ने सातले जुटाए १ करोड । आठ बर्ष अघि सात जनाबाट स्थपना भएको अस्पतालमा अहिले ९ जना प्रमख शेयर होल्डर छन् । यस्तै सहयोगी शेयरहोल्डर ४० जना ।
१२ वर्ष अघि यूरोपको सुख शयल र सुविधा त्यागेर नेपाल फर्किएका हुन विष्णु । स्वदेश फर्कन लाग्दा र फर्किए पछि धेरैले धेरै थरी कुरा काटे ।
नेपालमा के छ र सम्भवना ? भन्नेहरु धेरै भेटे । विष्णु हेर्न सके र गर्न लाज नमाने यहाँ सम्भवना नै सम्भवना देख्छन् ।
हामीले उनलाई जिज्ञासा राख्यौ,अस्पतालको भीडमा मध्यपुर अस्पतालको पृथकता ?
अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी चिकित्सक । २४ सैं घण्टा सर्जरी टिम । जहाँ हरेक रोगको उपचार हुन्छ । २४ सैं घन्टा अपरेसन समेत गरिने भएको हुँदा भक्तपुर जिल्लाकै अन्य अस्पतालभन्दा पृथक छ । जहाँ अशक्त,गरिबलाई विशेष सहुलियतको समेत व्यवस्था छ ।
विष्णु भन्छन् मध्यपुर अस्पताल एउटा यस्तो अस्पताल हो जहाँ एउटै छानामुनि सम्पूर्ण सेवाहरु उपलब्ध छन् । त्यही कारण पनि यो अस्पताल विरामीहरुको रोजाईमा पर्दै आएको छ । जहाँबाट बर्षेनी ३० देखि ४० हजार हाराहारी विरामीले सेवा सुविधा लिँदै आएका छन् ।
पछिल्लो समय शिक्षा र स्वास्थ्य सेवामुखि कम र नाफामुखि बढी भएको आरोप लाग्ने गरेको छ । तर विष्णु यस्ता आरोपलाई सामान्य मान्छन् ।

विष्णुराज कार्की
सञ्चालक मध्यपुर अस्पताल

सरकारी अस्पतालका हरेक उपकरण किन्दा भन्सार छुट दिइन्छ । तर नीजि अस्पताललाई यस्ता कुनै सेवा सुविधा छैन् । करोडौंका मेसिन खरिद गर्दा निजी अस्पतालहरुलाई छुट दिइन्न । विभिन्न बाहनामा सरकारले कर थोपरिहेको हुन्छ ।
तर मध्यपुर अस्पताल नीजि अस्पताल भएर पनि सेवामुखी नै बढी छ नाफामुखी कम रहेको उनको जिकिर छ कारण अस्प्तालका अधिकांश सञ्चालकहरु मनकारी र समाजसेवी पृष्ठभूमिका छन् । केही जनप्रतिनिधि र पूर्व मेयरहरु छन् ।
निम्न आय भएका र उपचार गर्न नसकेका विरामीहरुका लागि अस्पतालले सम्पूर्ण सेवा सुबिधा नि शुल्क गराउने गरेको औषधि किन्न समेत अस्पतालले सहयोग गरेका सयौं उदाहरण छ । ठूलठूला प्राकृतिक विपत आइपर्दा त्यहाँ मध्यपुर अस्पतालका चिकित्सक औषधिको बोकेर पुगेका हुन्छन् । यही समाजिक सेवाको भावका कारण हो यो अस्पताल हालसम्म नाफामा गएको छैन् ।
सरकारसँग यति मात्र आग्रह छ उनको अस्पताल नवीकरणमा बेहोर्ने पर्ने झण्झट, नीजि अस्पताल सञ्चालन गर्दा उपकरणहरुमा सहुलियत गरिदिए सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।
यस्तै अस्पतालहरुका लदागि अनुदानको व्यवस्था गरिदिने हो भने धेरै गरिब र असाहय विरामीहरुको सहुलियत पाउँथ्यो ।
यस्तै अनेक प्रवाधानहरु खडा गरी अस्पताल सञ्चालकलाई दुख दिने प्रवृत्ति अन्त्य भइदिए हुन्थ्यो ।
विष्णु सुनाउँछन् मेरो मोवाइलमा ५० जनाले कल गर्दा कम्तिमा ३५ जनाले शुल्क छुट गरिदिनु भनेर फोन गर्दछन् । अधिकांश आफूले सक्दो सहयोग गर्दछन् विष्णु ।
त्यही कारण विष्णु अस्पतालाई व्यवसाय कम र समाजसेवा बढी ठान्छन उनी ।
विष्णुको अर्काे पनि परिचय छ । उनले व्यवसायिक गाइपालन र कृषिकर्म सँगसँगै लगिरहेका छन् ।
उनको फर्ममा अहिले पनि २० वटा गाई छन् । त्यहाँ दुई युवाले रोजगार पाएका छन् । यसका अलवा २० रोपनी जग्गामा तरकारी खेती लगाएका छन् । यी मनकारीलाई लाग्छ, नेपालको विकास हावादारी गफ जोतेर होइन कृषि र पर्यटनबाट मात्र सम्भव छ ।
उनका पुत्र समेत उनकै पथमा छन् । जेठो छोरा स्नातक गर्दैछन् सँगसँगै उनी अस्पतालमा काम पनि गर्छन् यस्तै कान्छो छोरा साउन्ड इन्जिनियरिङ गर्दे छन् ।

प्रस्तुति : अञ्जना सुवेदी

Leave a Reply