दशैंको मुखमा हरेक सामानको भाउ महँगो

0

जव जव चाड पर्व नजिकदै गर्छ त्यही मौका छोपेर व्यापारीहरु आम उपभोक्ताको घाँटी छोप्ने काम गर्दछन् । ऐले पनि हिन्दुहरुको महान चार्ड बडा दसै, तिहार सथै छटपर्व नजिकदै गर्द बजारमा सामानको भाउ आकासियको छ । आम उपभोक्तालाई दशैं आउँदै गर्दा बजार भाउले निराश पारेको छ । बर्सेनि चाडपर्वको मुखमा बजार महँगो हुने गरेको छ । अव त आम उपभोक्तालाई पनि चाडपर्वमा महंगी बढ्छ भन्ने धेरैको बुझाइ छ । तर यसपटक दशैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व नआउँदै बजार अचाक्ली महँगो भएको छ । उपभोक्ताले भनेजस्तै बजारमा कुनै पनि वस्तुको भाउ छोइसाध्य छैन । खाद्यबस्तु, लत्ताकपडा तथा दुग्धपदार्थको भाउ बढेको बढ्यै छ ।

दैनिक उपभोग्य बस्तु महँगो

चामल, तरकारी, फलफूल र मासुको भाउ साउनदेखि नै बढेको हो । चामल प्रतिबोरा ५० रुपैयाँ बढेको छ । पोहोर यतिबेला गोलभेंडाको भाउ किलोको ६० रुपैयाँ थियो, अहिले ९० रुपैयाँ पुगेको छ । त्यस्तै सुकेको प्याज किलोको ४५ देखि ५० रुपैयाँमा पाइन्थ्यो । तर अहिले ७० रुपैयाँ खुद्रा मूल्य छ । लसुन २ सय रुपैयाँबाट बढेर प्रतिकिलो २ सय ५० रुपैयाँ पुगेको छ । बाहिरबाट आयात गर्नुपर्ने हरेक सामान महँगो भएको असनका व्यापारी रामहरी अधिकारीको दाबी छ । उनले सरकारले लिने भ्याटले महँगो पारेको तर्क गरे ।

दुग्धपदार्थको भाउ पनि बढ्यो

खाद्यवस्तु र लत्ताकपडा मात्रै होइन, गएको शनिबारदेखि दूध र दुग्धपदार्थको पनि भाउ बढेको छ । दूध प्रतिलिटर ६ रुपैयाँ बढेर ७६ रुपैयाँ पुगेको छ । दूधको भाउ बढेपछि व्यवसायीले दही, मही, मिठाइको पनि भाउ बढाएका छन् । दुग्ध विकास संस्थाले दुधको भाउ लिटरमा ६ रुपैयाँ बढाएपनि डेरीले मनपरी भाउ लिने गरेका छन् । उनिहरुले दुध, दही लिटरमा १० रुपैयाँसम्म बढी लिने गरेको उपभोक्ताको गुनासो छ ।

Leave a Reply