पर्यटन उद्यमी पासाङ तमाङको लुकेको पाटो

0

आज हामीकहाँ हजारौंका संख्यामा होटल व्यवसायीहरु छन् । तर यो भीडमा आफ्नो फरक र अलग पहिचान बनाउन सफल व्यक्ति हुन पासाङ तमाङ ।
उनी अहिले एक साथ तीन वटा होटल सञ्चालन गरिरहेका छन् । याक एण्ड नाक ,ग्रिनहिल र लेजेण्ड ।
उनका जीवनका पानाहरुलाई सुक्ष्म ढंगले केलाउँदा लाग्छ सफल मान्छेहरु कुनै फरक काम गरेर सफल भएका होइनन् । उनीहरुले त्यही काम गर्दछन् तर फरक ढंगले ।
एक साथ तीन वटा होटल सञ्चालन गरिरहेका यी उद्यमीका केही पाटाहरुलाई हामीले खोतल्ने प्रयाश गरेका छौं

उनका सफलताले धेरैले नजिकबाट देखेका छन् । जानेका छन् । उनका बारेमा सुन्नेहरु पनि छन् ।
तर आज यो उचाईमा पुग्नका लागि यो सफलता हात पार्नका लागि जीवनका उनले कति पापड पेले अर्थाैत कति संघर्ष गरे ? त्यो त भोग्ने उनैलाई मात्र थाहा छ । हो त्यही उनका संघर्ष र सफलताका किस्सा आजका युवा व्यवसायीहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ भन्ने ध्येयले हामीले उनकै मुखबाट केही सुन्ने प्रयाश गर्यौं ।

आजभन्दा पाँच दशक अघि जन्मिए रसुवाको ठूलो भार्खु चन्दनबारीमा । पिता तेन्जिङ र आमा नाङपारको कोखबाट । गरिब परिवारको जन्म स्थिती यस्तो थियो कि बिहान खाए बेलुका के खाऊ ? बेलुका खाए बिहान के खाउँ ?
त्यही कारण शुरुका दश बर्ष गोठमै बिताए । उनले विद्यालयका भवन, बोर्ड,सँगैका साथीहरु हातमा पुस्तक बोकेर विद्यालयतिर दौडिरहेका देखे तर विद्यालय जाने अवसरबाट बञ्चित थिए ।
ती समय चौरी,भैसी चराउने, खेतिपाती र बुवा आमाको घरायसी काम सघाएर बिते ।
पासाङका त्यो जीवनमा क्रमभंग भयो सुब्बा लामाका कारण । जो नाताले उनको भिनाजु ।
उनैले पासाङका बुवा आमालाई सम्झाए र विद्यालय जाने संयोग जुर्यो । सुब्बा तिनताक स्याप्रवेशीका प्रधानाध्यापक थिए । भेडा र बाख्रा गनेर वालापन गुजारिरहेका पासाङका हातमा सिािकलम आइपुगेन मात्र घरमहै गुरु आइपुगे । आज पनि सम्झन्छन् उनी सर्लाहीका शिक्षक इन्द्रसन यादवलाई । उनैले चिनाए कखरा । सरासर कक्षाहरु उक्लदै गए । पढाईमा छुरा भएर निस्किए । र पार लगाए फलामे ढोका मानिने एसएलसी तह २०४२ सालमा रसुवा माविबाट ।
एसएलसी तह र पार लगाए तर बुवा आमाले एसएलसी पछि उही भेडा र चौरीहरुको पछि लाग्न अह्राए । बुवा आमाको कुरा काट्न सकेनन् । फेरि उनको जीवनको लय चौरीगोठतिरै फर्कियो । परिवारको एक्लो छोरा बुवा आमाकै आग्रहमा विवाह बन्धनमा बाधिए ।
त्यो समयमा एसएलसी उत्र्तीण गरेको मान्छे खेतीपाती गरेको र भेडा बाख्रा चराएर बसेकोप्रति धेरैले धेरै थरी कुरा काटे । साथीहरुले उनलाई सम्झाए ।
उनले थोरै आत्मविश्वाश बटुले । शुरु गरे आलु,कुखुरा र खसीको व्यापार ।
बर्ष दिन पछि फेरि मोडियो पाइला । उनका भिनाजु तथा रसुवाका चर्चित राजनीतिक व्यक्तित्व सुब्बा लामाको साथ र हौसला पाए र हात हाले होटल व्यवसायमा । साझेदारी व्यवसायथ्यो तयो उनै सुब्बासँग । पिसफुल होटल, गोसाइकुण्डमा ।

यो क्षेत्र उनका लागि विल्कुलै नयाँ थियो । मान्छेले जन्मजात त कहाँ के सिकेको हुन्छ ? भन्छन् मान्छेले जीवमा वा त पढेर सिक्छ वा त सिक्छ परेर । उनले धेरै चिज सिके । अर्थात पिसफुल होटलले उनीलाई धेरै चिज सिकायो ।
त्यहाँको अनुभवलाई बोकेर उनी बाहिरिए र शुरु गरे एकल स्वामित्वमा ग्रिनहिल होटल ।
इमान्दारिता,काम प्रतिको लगन,मिलनसार र हंशमुख । यति भए व्यापार व्यवसायमा सुनमा सुगन्ध ।
उनको व्यापार चम्कदै गयो ।
ग्रिनहिलले दिएको सफलताले उनी फेरि हौसिए र अर्काे होटल शुरु गरे । नाम जुराए लेजेन्ट होटल ।

पासाङ तमाङ
प्रवन्ध निर्देशक, याक एण्ड नाक होटल

केही समय यी होटल सञ्चालन गरेसँगै उनले भाडामा चलाउन थिए । अहिले यी दुबै होटल चलिरहेका छन्,भाडामा । दु्बै होटल मासिक रुपमा प्चास हजारका दरले भाडामा दिए ।
तर मन बैचेन भयो । बिहान देखि बेलुकासम्म कर्म गरेर बस्ने उनी फुर्सदिलो बस्नै सकेनन् ।
त्यही समय सदुपयोग गर्ने याक एण्ड नाक नामक होटल शुरु गरे ।
अहिले संचालनमै रहेका तीनवटै होटलमा सिजनका समयमा १५ देखि २० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
उनले १५ जनालाई रोजगार दिने गरेका छन् ।
यी पर्यटन व्यवसायी रसुवामा पर्यटनको प्रचुर सम्भवना भएको बताउँछन् । यद्यपि पर्यटन प्रर्वद्धनको पाटोमा हामी चुकिरहेको प्रति उनको दुखेसो छ । रसुवा यहाँ के छैन ? सबथोक छ ।
सरकार नेपाल भ्रमण बर्ष २०२० मनाउने तयारी गर्दैछ र उद्घोष गरेको छ सन् ०२० मा २० लाख पर्यटक भित्राउने ? सरकार उदेश्य अनुरुप २० लाख पर्यटक भित्राउँदा १० प्रतिशतमात्र पर्यटक रसुवा पुर्याउन सके ?
रसुवामा यति धेरै प्राकृतिक विविधता र छटाहरुले भरिपूर्ण छ कि यहाँको सौन्दर्यताले पर्यटकको मन लोभ्याईरहन्छ । भन्नलाई त हामी भन्छौं देशकै तेश्रो पर्यटकीय गन्तव्य । तर आज पनि बत्तिमुनीको अधयारोको नियती भोगेर बाँचिरहेछ रसुवा ।
हरेक बर्षायाममा मुलखर्क पहिरोले बाटो अवरुद्ध हुने पूरानै रोग हो । यस्ता समस्या ज्यूकात्यूँ रहेसम्म कस्तुरीले आफ्नै विनाको चाल नपाएझैं हुने खतरा छ हामी रसुवालीहरुको ।
सम्झन्छन् उनी आफू पर्यटन व्यवसायमा हेलिँदाका ती क्षण । कति कठिनाई पूर्वक पर्यटन व्यवसाय गर्न पर्दथ्यो । कतिसम्म भने एउटा पर्यटकले शौचालय खोज्दा वा त जंगल वा खोलाका किनार,ढुंगा पछाडिको ठाउँ देखाउनु पर्ने हिजोका दिन थियो ।
एउटा केही सामान किन्नु परेको खण्डमा पैदलै राजधानी आउनुपर्दथ्यो ।
समय र परिस्थिती फेरिएको छ । विकास र सम्बृद्धिका दिशातर्फ अघि त बढेको छ तर हाम्रो हाल उस्तै छ ।
पर्यटनकै माध्यमबाट रसुवाबासीको जीवनस्तर सुर्धान सकिन्छ ?
तर यसका लागि सबैभन्दा पहिला वातावरण राम्रो हुन आवश्यक छ । सरसफाइमा ध्यान दिनु आवश्यक छ ।पर्यटक भित्राउने हो भने काँडा होईन, फूल पो बिच्छाउनु पर्छ ।


पछिल्लो समय रसुवाबाट चीनतर्फको नाका त खुलेको छ तर रसुवा नाका बदनाम हुँदै छ । कुनै समय रक्तचन्दन तस्करी हुने ठाउँ अहिले सुन तस्करीको नयाँ गन्तव्य बन्दैछ ।
यी र यस्ता कारण उनी चिन्तित छन् यस्ले सिंगो रसुवाकै बदनाम भइरहेको छ । भन्छन् सुन तस्करी गर्नु सट्टा बरु आलु बेचेर खाउ ।
धेरैलाई आज पनि रसुवाको बारेमा जानकारी छैन् । रसुवा,लाङटाङ,क्याञ्जिन,गोसाइकुण्ड लगायतका यी विविध प्राकृतिक छँटाहरुको बारेमा प्रचार प्रसार गर्ने हो भने रसुवा भित्रने पर्यटकको संख्या बढ्ने र रसुवाबासीको जीवनस्तर माथि उठ्नेमा उनी आशावादी छन् । तर राज्य,यहाँका राजनीतिक दलको ध्यान यतातर्फ जान नसकेको दुख व्यक्त गर्दछन् ।

Leave a Reply